बालवालिकाकाे सिकाई स्तर बढाउदै पढाइ मेला

समताखबर
  १२ पुष २०७४, बुधबार ०५:४१

विभिन्न चरणामा सम्पन्न हुने पढाइ मेलाले प्रारम्भिक तहमा अध्ययनरत बालवालिकाकाे सिकाई स्तर वृद्धि भईरहेको छ । पछिल्लो समय जिल्लाका विभिन्न ठाउमा भयका पढाई मेलाले बालबालिका लाई खेल्दै, रमाउदै सिक्ने क्रम बढीरहेको पाईयको हो ।

जिल्लाभरिका १०४ बिध्यालयमा सेतो गुराँस बालविकास सेवा मार्फत प्रारम्भिक तह सिकाई कार्यक्रम सन्चालन भयपछी बालबालिकाको सिकाई उपलब्धि वृद्धि भईरहेको जनाइएको छ । कार्यक्रमले प्रारम्भिक तहमा शिक्षण सामग्री सहयोग गर्नुका साथै बिद्यालय, क्लस्टर र जिल्ला स्तरमा पढाइ मेला गरेर एक ठाउको सिकाई अर्को लाई अभिप्रेरित गर्ने र उत्कृष्ट बिधालय लाई पुरस्कार समेत प्रदान गर्ने गरेको छ । पढाइ मेलामा बालबालिकाले अाफ्नाे बिद्यालय मा प्रयाेग हुने स्थानीय सामग्री बाट बनेका शिक्षण सामग्री बारे स्टल राअेर उपस्थित सबैलाई जानकारी गराउछन र अाफ्ना प्रतिभा समेत प्रस्तुत गर्ने गर्छन ।

कक्षा १,२ र ३ मा पढ्ने बालबालिकाहरुले शिक्षण सिकाई सामग्रीको भरपुर प्रयोग गरेर सिकाई स्तरमा सुधार गरिरहेको महेन्द्र म वि कालिकास्थानका शिक्षक प्रेम बहादुर बडुवाल ले बताए । बिद्यालयमा पढाइ मेला अायाेजना गरेर बिद्यार्थीका सीप र कला तथा स्थानीय सामग्रीको प्रयाेगबाट बनेका शिक्षण सामग्रीको प्रदर्शन गर्ने गरियकाे भन्दै बडुवालले यसबाट बिद्यार्थीले रमायर सिक्ने अवसर पायकाे बताए । पढाइ मेला मार्फत बालमैत्री सिकाईको बाताबरण बन्ने गरेको, पढाई मेला मार्फत स्थानीय शैक्षिक सामग्रीको प्रयोग बढने, सिकाई सम्प्रेषण हुने र सिकाई उपलब्धि समेत बृद्दि हुने बिद्या मन्दिर मावि बिनायकका प्र अ वीर बहादुर शाहिले बताए ।

कक्षा १ देखि ३ सम्मका बालबालिकाकाे लागि पढाइ मेलामा प्रदर्शन हुने शिक्षण सामग्री निकै फाइदाजनक भयको सेताे गुरासका कार्यक्रम सङ्याेजक मिना ढुंगानाकाे भनाई छ । यसरी प्रारम्भिक तहबाट सिकाइ उपलब्धि बढ्दै जादा शिक्षा क्षेत्रका सराेकारवाला पनि खुसि भयका छन । सुदुरपश्चिमका कामु क्षेत्रीय शिक्षा निर्देशक लालजङ्ग चौहान ले अछाममा पछील्लो समय बालबालिका को सिकाई उपलब्धि बढीरहेको तथ्यांकले देखायको बताए । यसबाट शिक्षा क्षेत्रमा काम गर्नेहरुमा हौसला थपिएको चौहानले बताए ।

यस्तै जिल्ला समन्वय समिति अछामका उपप्रमुख टाेप बहादुर रावलले बालबालिकालाई सिकाइ स्तर बढाउनका लागि विभिन्न सहयाेगकाे खाचाे रहेको बताए । त्यसका लागि सबैभन्दा ठुलाे बिद्यालय घर भएको र सबैभन्दा ठुला गुरु अामाबुवा भएको भन्दै रावलले शैक्षिक बाताबरण घर बाट नै निर्माण हुनुपर्ने बताए । बालबालिका को उचित शिक्षाका लागि पछिल्लो समय अछाममा सबै सरोकारवाला चिन्तित बन्न थालेको रावलको भनाई छ । कैलाशपोस्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *