इण्डो–नेपाल महोत्सव भारतको देहरादुन हुने

समताखबर
  १२ पुष २०७४, बुधबार १०:४९

दोस्रो इण्डो नेपाल व्यापार मेला तथा पर्यटन महोत्सव भारतको देहरादुनमा हुने भएको छ ।

उद्योग वाणिज्य संघ कञ्चनपुर र उत्तराखण्ड उद्योग एशोसिएसनको समन्वयमा आउँदो माघ १९ गतेदेखि २५ गतेसम्म महोत्सव आयोजना हुँदैछ ।

उत्तराखण्ड प्रदेशको राजधानी देहरादुनको परेड मैदानमा हुने उक्त महोत्सवमा नेपाल र भारतका १५० भन्दा बढी कक्ष रहने छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणाले भारतमा महोत्सव आयोजना गर्दा नेपालको वस्तु र पर्यटनलाई प्रचारप्रसार गर्न सजिलो हुने बताए ।

उनले भने,“नेपालका वस्तु विदेशमा खपत हुँदा मुलुकको आर्थिक विकासमा टेवा पुग्छ, ।” २०७३ फागुनमा पहिलो इण्डो–नेपाल महोत्सव आयोजना भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *