
१३ पुस ,पोखरा । कवि शिरोमणि लेखनाथ पौड्यालको १३४ औँ जन्म जयन्तीको त्रिद्विवसीय कार्यक्रम आजदेखि शुरु भएको छ ।
पहिलो दिन आज पोखरा–लेखनाथ महानगरपालिका–२६ स्थित अघौंचोकमा रहेको पौड्यालको प्रतिमामा सरसफाइ र रङ्गरोगन गरिएको छ ।
लेखनाथ जयन्ती मूल समारोह समितिका सदस्य, बहिरा माध्यमिक विद्यालयका छात्रछात्रा र स्थानीयवासीको सहभागिता रहेको छ ।
भोलि कवि शिरोमणिको योगदानसम्बन्धी कवितावाचन, पुस १५ गते जन्मस्थल लेखनाथको अर्घौं अर्चलेमा मूल समारोह गरिनेछ ।
मूल समारोह कार्यक्रममा लेखनाथ साहित्य पुरस्कार, लेखनाथ पत्रकारिता पुरस्कार र छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिने कार्यक्रम रहको छ ।
Leave a Reply