दीक्षान्त समारोहमा नेहरु विविका उपकुलपति आमंत्रीत

समताखबर
  १३ पुष २०७४, बिहीबार ०८:२९

१३ पुस । त्रिभुवन विश्वविद्यालयले आगामी आइतबार गर्ने ४३ औँ दीक्षान्त समारोहको तयारी पूरा भएको छ ।

पुल्चोक क्याम्पसको खेल मैदानमा हुने समारोहको तयारी पूरा भएको त्रिविका परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए ।

समारोहको प्रमुख अतिथिमा जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्रा डा एम जगदीश कुमारलाई आमन्त्रण गरिएको बताइएको छ । उपकुलपति कुमार शुक्रबार नेपाल कार्यक्रम रहेको छ ।

दीक्षान्त समारोहमा विदेशस्थित विश्वविद्यालयका प्राज्ञिक व्यक्तित्व प्रमुख अतिथि हुने परम्परा छ ।

समारोहमा विद्यावारिधितर्फ ६२ विद्यार्थीसहित कूल आठ हजार २६७ विद्यार्थी दीक्षित हुने भएका छन् । तीन हजार अभिभावक र एक हजार २०० कर्मचारी पनि समारोहमा सहभागी हुने छन् ।

समारोहमा विभिन्न विषयमा उत्कृष्ट अंक ल्याउने ३१ विद्यार्थी पुरस्कृत हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *