
१६ पुस, काठमाडौँ । पाँचौँ राष्ट्रिय पोल्ट्री दिवस चितवनमा मनाइने भएको छ ।
पाँच वर्ष अघि २०७० सालमा सरकारले पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउने निर्णय गरेको छ ।
नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष एवं पाँचौँ राष्ट्रिय पोल्ट्री दिवसका संयोजक डा होमबहादुर बस्नेतले यस वर्षको पोल्ट्री दिवसमा पोल्ट्री क्षेत्रको विकाससंग सम्बन्धित गोष्ठी गरिने बताए ।
आज ¥यालीको आयोजना गरिएकोे र यसै अवसरमा टाँडीस्थित बकुलहर अस्पतालमा रहेका बिरामीलाई निःशुल्क अण्डा वितरण गरिएको छ ।
पोल्ट्री व्यवसायीको चाडको रुपमा पोल्ट्री दिवसलाई मनाउनुपर्नेे मान्यताअनुरुप नेपाल सरकार पशुसेवा विभाग, पशुपक्षी बजार प्रवद्र्धन निर्देशनालय, पशु उत्पादन निर्देशनालय र नेपाल कुखुरा व्यवसायी मञ्चको संयुक्त आयोजनामा रत्ननगरमा पोल्ट्री क्षेत्रको विकासको लागि नीतिगत गोष्ठी आयोजना गरेर मनाउन लागिएको छ ।
पोल्ट्री व्यवसायीको समसायमिक अवस्था र गुनासो, मासु र अण्डामा पाइने पोषण तत्वका विषयमा कार्यपत्र पुष्पाञ्जली अस्पतालका डा भोजराज अधिकारीले प्रस्तुत गर्नेछन् ।
कार्यक्रमा पोल्ट्री व्यवसायीसँग सम्बन्धित ७०० मानिस सहभागी हुने आयोजकले जनाएको छ ।
Leave a Reply