बालबालिकाको सिकाई स्तर बढाउन रमाईलो बाल मेला (फोटो फिचर)

समताखबर
  १४ पुष २०७४, शुक्रबार ०८:१३

सम विकास केन्द्र नेपाल डोटीले जिल्लाको केआईसिंह गाउँपालिका,दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकामा स्थानीय अधिकार कार्यक्रम संचालन गर्दै आएको छ । एक्शनएड नेपालसंगको साझेदारीमा बिगत तीन बर्षदेखी कार्यक्रम संचालन गर्दै आएको हो ।

केआईसिंह गाउँपालिका वडा नं.६ र ७ भुमिराजमाडौं वडा नं.४ दुर्गामाडौं,शिखर नगरपालिका वडा नं.१ कपल्लेकी,वडा नं.२ मुडेगाउँ,वडा नं.३ र ४ मुडभरा र दिपायल सिलगढी नगरपालिका वडा नं.४ दिपायल,पिपल्ला,राजपुर,वडा नं.५ धामीगाउ,लेकठाटा,बागठाटा,वडा नं.७ पाकरी,कोईरेली र गाउँपाकरीमा कार्यक्रम संचालन गर्दै आएको स्थानीय अधिकार कार्यक्रम प्रबन्धक महेश परियारले बताए ।

स्थानीय अधिकार कार्यक्रम अन्र्तगत बाल प्रायोजन कार्यक्रम पनि संचालन हुदै आएको छ । बाल प्रायोजन कार्यक्रम अन्र्तगत कार्य क्षेत्रका करिब ७ सय बालबालिकाहरुको मास्टर प्रोफाईल तयार,मासिक रुपमा बाल म्यासेज संकलन,चित्रकला तयार र हरेक बर्ष रमाईलो बाल मेला कार्यक्रम संचालन हुदै आएको बाल प्रायोजन अधिकृत नरेन्द्र बि.क.ले बताए ।

बालबालिकाहरुलाई बनभोजमा सहभागी गराई उनिहरुको सिकाई स्तर बढाउने उदेश्यले हरेक बर्ष बनभोजको रुपमा रमाईलो बाल मेला आयोजना गर्ने गरिएको बाल प्रायोजन अधिकृत बि.क.ले बताए ।

यहि पुष १० गते समुवागाढ गेरुपानी स्थित सेती नदी किनारमा रहेको सिसमघारीमा बनभोज गरिएको थियो । बनभोजमा दिपायल सिलगढी नगरपालिका ४ दिपायलका करिब एक सय जना बालबालिकाहरु र स्थानीय अधिकार कार्यक्रममा कार्यरत कर्मचारीहरु सहभागि भएका थिए । आउदो २० गते दिपायल सिलगढी नगरपालिका ४ राजपुरका बालबालिकाहरुको बनभोज गरिने भएको छ ।

बनभोजमा बालबालिकाहरुलाई खाजाको रुपमा प्राउन,चिउरा,भुजा,चिसो,अण्डा र खानाको रुपमा मासु र भात खुवाउने गरिन्छ । बाल बनोबिज्ञानमा सकारात्मक सोचको विकास भई उनिहरुको सिकाई स्तर बढाउने उदेश्यले हरेक बर्ष यसै महिनामा रमाईलो बाल मेला कार्यक्रम गर्ने गरिएको सम विकास केन्द्रले जनाएको । गत बर्ष पनि पाकरी, दुर्गामाण्डौं, भुमिराजमाण्डौं, दिपायल लगायतका ठाउमा रमाईलो बाल मेला कार्यक्रम गरिएको थियो ।

बाल प्रायोजन कार्यक्रम अन्तर्गत प्रायोजित बालबालिकाहरुलाई ग्रिसका नागरिकहरुले प्रायोजन गर्दै आएका छन् । प्रायोजित बालबालिका र ग्रिसका नागरिकहरुसंग पत्र मार्फत दोहोरो कुराकानी हुने गर्दछ । बालबालिकाहरुले आफनो मनमा लागेका कुराहरु म्यासेजमा चित्र वा शब्द मार्फत लेख्ने र उनिहरुबाट संकलन गरिएको पत्र प्रायोजकहरुलाई नियमित पठाउने गरिएको छ । प्रायोजकहरुले आर्थिक सहयोगसंगै प्रायोजित बालबालिकाहरुलाई बिभिन्न उपहारहरु पनि पठाउने गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *