बैतडीमा मोबाइलबाटै गर्भवती महिलाको तथ्यांक राख्न शुरु

समताखबर
  १४ पुष २०७४, शुक्रबार ०८:४१

बैतडीमा मोबाइलबाटै गर्भवती महिलाको तथ्यांक राख्न थालिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकामार्फत गर्भवतीको तथ्यांक राख्न शुरु गरेको हो ।

प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल दिएर गर्भवती महिलाको तथ्यांक राख्ने कार्य शुरु भएको संस्थाका वरिष्ठ कार्यक्रम अधिकृत मनोज खड्काले जानकारी दिए ।

पाटन नगरपालिका र पुरचौंडी नगरपालिकामा यो कार्यक्रम सञ्चालनमा आइसकेको छ । उनले भने, “अन्य स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकालाई तालीम दिने कार्य शुरु भएको छ ।”

बैतडीको पाटनमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मोबाइल कार्यक्रमले सहज भएको स्वास्थ्यकर्मीहरुले बताए ।

नगरपालिकाभित्र रहेका १० वटै वडाका १०९ महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइल पाइसकेपछि गाउँठाउँका गर्भवती महिलालाई स्वास्थ्यसंस्थामा जाँच गर्न लैजान लागि सहज भएको छ ।

स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा महिनामा १०० को रिचार्ज पनि स्वास्थ्यचौकीले नै उपलब्ध गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *