चौधरीद्वारा विद्यालयमा अक्षयकोष स्थापना

समताखबर
  १४ पुष २०७४, शुक्रबार १०:४८

श्रमराज्य मन्त्री डिल्लीबहादुर चौधरीले विद्यालयमा ५ लाखको अक्षयकोष स्थापना गरेका छन् ।

बुबा टुकलाल चौधरीको स्मृतिमा तुलसीपुरस्थित महेन्द्र माविमा ५ लाख रकमको अक्षयकोष स्थापना गरेका हुन् ।

ति मध्ये २ लाख जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति र ३ लाख विद्यालयको शैक्षिक सामग्री खरिदका लागि खर्च गर्ने गरी अक्षयकोष स्थापना गरेको विद्यालयका प्रधानाध्यापक विष्णु थापाले जानकारी दिए ।

विद्यालयको ५६ आँै वार्षिकोत्सव समारोहमा अक्षयकोष स्थापना भएको हो ।

चौधरीले अबको शिक्षा रोजगारमुखी हुनुपर्नेमा जोड दिदैं बेरोजगार उत्पादन गर्नेभन्दा पनि प्राविधिक र रोजगारीमूलक हुनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *