प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले मुलुकमा भएका परिवर्तनलाई सबैले स्वीकार गर्नुपर्ने बताएका छन् ।
दश दिने प्रशिक्षण कार्यक्रमको शुरुवात गर्दै प्रधानन्यायाधीश पराजुलीले दण्डसंहितामा पनि समयानुकूल परिवर्तन गरिएकाले सबैले पालना गर्नुपर्ने बताए ।
राज्यका सबै संरचनामा परिवर्तनका प्रभावहरु पर्दै जाने भन्दै अपराधसम्बन्धी नयाँ संहिताले न्याय सम्पादन र व्यवस्थामा सहयोग पुग्ने बताए ।
सरकारले आगामी भदौ १ गतेदेखि अपराध र देवानीसम्बन्धी नयाँ संहिता लागू गर्दैछ ।
विक्रम संवत् १९१० मा लागू भएको मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको दुई संहिताले कानूनका कतिपय व्यवस्थाहरुमा परिमार्जन गरेको छ ।
प्रशिक्षणमा जिल्ला न्यायाधीशहरु, न्यायालयका रजिष्टार, सर्वोच्च अदालतका अधिकृतलगायत एक सय जना सहभागि रहेका छन् ।
Leave a Reply