अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस आज मनाइँदै

काठमाडौँ  पुस १७ 

आज पाँचौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस पनि मनाईंदै छ ।

नेपाली टोपीको संरक्षण र पहिचानलाई अभिवृद्धि, प्रबद्र्धन गर्ने उद्देश्यले टोपी दिवस मनाउन थालिएको छ ।

केही वर्षदेखि जनवरी १ अर्थात् अंग्रेजी नयाँ वर्षको पहिलो दिनलाई अन्तर्राष्ट्रिय टोपी दिवसको रुपमा मनाउने गरिन्छ ।

जागरुक युवा अभियान नेपालको आह्वानमा काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवा युवतीले ¥यालीसमेत निकालेका छन् ।

ढाका र भादगाउँले टोपीमा सजिएर भेला भएका युवायुवतीले नेपाली टोपीको प्रवद्र्धनका लागि विभिन्न प्लेकार्ड बोकेर शहरका विभिन्न भागमा परिक्रमा गरेका थिए ।

पर्यटन पत्रकार संघ नेपाल र राष्ट्रिय पर्यटन पत्रकार संघले पनि काठमाडौंको बसन्तपुरमा एक कार्यक्रम गरी टोपी दिवस मनाएको छ ।

जंगबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्हरुको भनाई छ ।

नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । विशेषतः भाद्गाउँले टोपी र ढाकाटोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ ।

तर नेपालका विभिन्न समुदायले पनि आ–आफ्नो पहिचान र परम्परा झल्किने टोपी लगाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *