पूर्वलाई फुलको शहर बनाउने अभियानका लागि दोस्रो पुष्प मेला

-प्रेम प्रसाद पराजुुली

पूर्वाञ्चललाई फूलको राजधानीको रुपमा चिनाउन गत बर्ष झै यस बर्षपनि सुनसरीको धरानमा पुष्प प्रदर्शनी मेला लाग्ने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले केन्द्रिय रुपमै फुलको व्यापार तथा फुलको बारेमा जानकारी गराउन आगामी पौष २७ गतेदेखि दोस्रो पुष्प प्रदर्शनी मेला हुने भएको हो । फ्लोरिकल्चर एसोसिएसन सुनसरीका सचिव प्रेम प्रसाद पराजुुलीसंग समता अनलाइन संवाददाता लक्ष्मी दर्नालले गरेको कुराकानीः–

१.धरानमा पुष्प मेला लगाउनुको उद्येश्य के हो ?

‘घर आगन होस या सडक, नदी, किनारा रोपी स्वदेशी फुल विरुवा बनाऔं पुर्वाञ्चल हराभारा’ भन्ने मुल नाराका साथ यो मेला शुरु हुदैछ ।

फूल व्यवसायीको व्यवसायिक प्रोत्साहनका लागि साथै पूर्वाञ्चललाई फूलको राजधानी बनाउने उद्देश्यका साथ यो मेला आयोजना हुदैछ । फूल व्यवसायीको व्यवसायिक प्रोत्साहनका लागि साथै पूर्वाञ्चललाई फूलको राजधानी बनाउने उद्देश्यका साथ यस बर्ष पनि पुष्प प्रदर्शनी मेलाको आयोजना गर्न लागिएको हो ।

२.पुष्प मेला नै किन ?

किनभने पुष्प व्यवसायहरुले विना तालिम नर्सरी खोलेर मनग्यै आम्दानी गरिरहेका छन् । व्यवसायीहरु तालिम विना त आम्दानी गरेर आफ्नो गुजारा चलाईरहेका छन् । त्यसैले केन्द्र स्तरकै फूल व्यवसायीको व्यवसायिक प्रोत्साहनका लागि पनि यो मेला लगाउदैछौं । व्यवसायी मात्र नभएर पुर्वलाई फुलको शहर बनाउन केन्द्रिय स्तरबाटै हामीले पहल गर्न गराउन यो मेला लगाउन जरुरी छ । जसले गर्दा मेलाले पूर्वाञ्चललाई समेत फूलको राजधानीको रुपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा छ ।

३.अघिल्लो वर्ष भन्दा यस वर्ष पुष्प मेलामा के फरक हुन्छ ?

पुर्वलाई यसैत फुलको शहर भनिन्छ । यहा सबै जातजातिहरु फुलको सौखिन हुनुहुन्छ । उहाहरुले घरमै पनि नर्सरी बनाउनुभएको पनि देखिन्छ । तसर्थ यस मेलाले फुलप्रति प्रेम गर्नेहरु त त्यसै पनि मेलामा लगाव राख्छन र फुलप्रति चासो नगर्नेहरु पनि यस मेलामा आकर्षित हुने खालका फुलहरु हामीले प्रर्दशनी गर्दैछौं । अघिल्लो वर्ष त फुलको कास्टिङ मात्रै गरेका थियौं भने यसवर्ष हामीले फुल मुभि झै फुलको प्रचारप्रसार गर्दैैछौं । त्यसैले पनि यस मेलाले पुर्वका विभिन्न ठांउमा फुलको शहर बनाउन मदत पुग्नेछ ।

४.यसवर्ष मेलामा के कस्ता फुलहरु प्रदर्शन गर्दैहुनुहुन्छ ?

पौष महिना फूल फूल्ने मध्य समय भएका कारण प्रदर्शनीमा भवेना, मेरोगोल्ड, गजेनिया, साल्मिया, लिरियम लगायतका १ सय भन्दा बढी प्रजातिका फूलहरु स्टलमा राखिनेछ । प्रदर्शनीमा पुर्वी नेपालका विभिन्न स्थानहरु क्रमशः इलाम, भोजपुर, धनकुटा, तेह्रथुम, मोरङ, झापा र सप्तरीका फूल व्यवसायीहरुको ३० वटा स्टलहरु रहनेछ ।

५.मेलाका लागि रकम कसरी संकलन गर्नुभयो ?

कृषिमन्त्रालय तथा धरान उप–महानगरपालिकाको सहयोगमा ८ लाख ५५ हजारको लागतमा मेला सञ्चालन हुन लागेको छ । यस मेलाका लागि खगेन्द्र पोखरेल, कंशी मोक्तान, कल्पना लिम्बु, धरान नर्सरी लगायतको सहयोगमा मेलाका लागि रकम संकलन गरेका हौं । साथै हाम्रा शुभचिन्तकहरुको विशेष सक्रियतामा मेलाका लागि रकम संकलन गरेका छौं ।

६.यसवर्षको मेलाबाट कतिको कारोबार गर्ने लक्ष्य छ ?

पुष्प प्रदर्शनीमा २ लाख भन्दा बढीले प्रदर्शनी अवलोकन गर्ने र १ करोड भन्दा माथि कारोबार हुने अनुमान छ । प्रदर्शनीमा उत्कृष्ट स्टललाई पुरस्कृत समेत गरिने छ । गत बर्षको मेलाबाट हामीले १ लाख भन्दा बढीले प्रदर्शनीको अवलोकन गरेका थिए भने ४० लाखको कारोबार गरेका थियौं ।

सो प्रदर्शनीमा उत्कृष्ट स्टलको रुपमा मोरङको दिपेक नर्सरी, दोस्रोमा झापाको महादेव नर्सरी र तेस्रो हुने सुनसरीको धरान नर्सरीलाई पुरस्कृत समेत गरिएको थियो ।

७.मेलामा कति रुपैंयादेखि कतिसम्मको फुल प्रदर्शन हुदैछ ?
हामीले यस मेलामा १० रुपैंयादेखि ३ लाख रुपैंयासम्मको फुलहरु प्रर्दशनीमा राख्नेछौं । जसका लागि जोकोहीले पनि फुल खरिद गर्न सक्नेछन् ।

८.अन्त्यमा के भन्न चाहनुहुन्छ ?

पुर्वलाई फुलको शहर बनाउने हाम्रो अभियानमा सबैको सकारात्मक सहयोगको आशा राख्छौं । मेलाको तयारी लगभव मध्य चरणमा पुगेको छ । हामीले मेलाका लागि गर्ने सबै तयारीहरु गर्न गराउन अहिले अघि बढिरहेका छौं । र यस्ता मेलाका लागि सरकारले समय समयमा पुष्प सम्बन्धी तालिमको व्यवस्था गरिदिने हो भने नेपालको पुष्प व्यवसायले अन्तराष्ट्रिय स्तरसम्म पहुच पु¥याउन सकिने थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *