अमला खानाले रोक्छ बुढ्यौली

काठमाडौं,पुष २३

अमलामा स्वादिलो फलको गुण मात्रै होइन यो आयुर्वेदिक उपचारमा पनि प्रयोग हुन्छ । स्वास्थ्य उपचार सम्बन्धी विभिन्न अध्ययन अनुशन्धानले अमलामा रोग भगाउने गुण पर्याप्त भएको सार्वजनिक गरेका छन् । अमलाको नियमित सेवनले यौन शक्ति बढाउनुको साथै बुढ्यौली पनि रोक्ने अध्ययनहरूले जनाएका छन् । अमलामा भिटामिन सी भरपुर मात्रामा पाइने भएकाले यसको नियमित सेवन गर्न चिकित्सकहरूले सुझाब दिएका छन् । एक दाना अमलामा दुई वटा सुन्तला बराबरमा पाउने भिटामिन सी पाइन्छ ।

जानौं अमला खानुको फाइदा :
१. विशेषगरी गर्भवतीका लागि अमला स्वस्थबर्धक मानिन्छ । किनकी भिटामिन सीले हड्डी बलियो बनाउनमा मद्दत गर्छ ।
२. अमलाको नियमित सेवनले रक्तचापका बिरामीलाई फाइदा गर्छ ।
३. अमलाको चूर्णलाई मुलामा राखेर खादा मुत्राशयको पथ्थरी हटाउन मद्दत गर्छ ।
४. अमलाको रसमा मह मिसाएर खानाले मधुमेहका रोगीलाई राहत मिल्छ ।
५. राती अमलाको चूर्णलाई पानीमा भिज्न दिने र बिहान त्यो पानी पिउनाले पेट सम्बन्धी समस्या हट्छन र पाचन पक्रिया बलियो हुन्छ ।
६. नियमित एक वा दुई दाना ताजा अमला खानाले पेट सफा हुन्छ ।
७. स्वस्थ रहन चाहने व्यक्तिले ताजा अमलाको रसमा मह मिसाएर पिउँदा निकै राहत मिल्छ । अमलाको रस सेवनपछि दूध पिउँदा अझै राम्रो हुन्छ ।
८. अमलाको रस पिउनाले आँखाको दृष्टि पनि बढ्छ ।
९. गर्भावस्थामा हुने बान्ता रोक्न अमलाको मुरब्बा खान सकिन्छ ।
१०. अमलाको चूर्णलाई गुलाब जलमा मिसाएर अनुहारमा लगाउँदा दागहरू हराउँछन ।
११. गर्मीमा रिगांटा लाग्ने वा बेचैनी भए अमलाको सर्बत पिउन सकिन्छ ।
१२. आमलाको प्रयोगबाट कपाल कालो र चम्किलो हुन्छ ।
१३. अमलाको चूर्णलाई रोटीमा राखेर खानाले बुढेशकाल ढिलो आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *