दाङको टरीगाँउ विमानस्थलमा पुन हवाइ सेवा सञ्चालन

तुलसीपुर,पुस २३ 

दाङको टँरिगाउँ विमानस्थलबाट आइतबारदेखि पुन हवाई उडान सुरू भएको छ । जिल्लाका जनप्रतिनिधिहरुको विशेष पहलमा समिट एयरले सातामा दुई दिन आइतबार र शुक्रबार उडान भर्ने तालिकाअनुसार लामो समयदेखि बन्द भएको विमानस्थल आजदेखि पुन सुचारु भएको हो ।

पहिलो उडानमा उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पहिलो यात्रुको रुपमा काठमाडौंबाट दाङ आएका छन् । विमान स्थलमा सञ्चारकर्मिसंग कुरा गर्दै उपप्रधानमन्त्रि महराले अव दाङ काठमान्डौ सिधा नियमित हवाइ उडान हुने बताए । उनले दाङमा हवाइ सेवा सुरु हुनुमा सबैको पहलकदमि रहेको भन्दै यसलाई नियमित बनाउन आफुसहीत जनप्रतिनिधिको टोलि लागीपर्ने प्रतिवद्धता ब्यक्त गरे ।

दाङ प्रादेशीक राजधानि हुने करीव पक्कापक्कि भएको भन्दै उनले जतिसक्यो चाडो सरकारले प्रदेश प्रमुखसंगै प्रादेशीक राजधानि टुंगो लगाउने बताए । आगामि क्याविनेट बैठकवाट आफुले प्रदेश प्रमुखसहीत राजधानि तोक्न प्रधानमन्त्रि शेरबहादुर देउवालाई आग्रह गरेको र पाँच नम्बर प्रदेशको राजधानि दाङलाई तोक्न पनि नियमित दवाव दिइरहेको महराले बताए । महराले नियमित उडान जारी रहे निकट भविष्यमा धावनमार्गलाई फराकिलो बनाएर ठुला–ठुला जहाज ल्याउन सकिने र यो प्रादेशीक राजधानि दाङ भएसंगै काम सुचारु हुने पनि जानकारी दिए ।

महराको साथमा दाङ क्षेत्र नं। ३ का प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, सल्यान प्रदेश सभा २ का सदस्य तथा एमाले नेता प्रकाश ज्वाला र तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे काठमाडौंस्थित यात्रु बनेर आएका हुन् । छ।दाङ–काठमाडौ नियमित हवाई सेवाका लागि समिट एरलान्सले आइतवार पहिलो आइतवार एक बजे पहिलो उडान गरेको छ।

पटक पटक गरेर पाचौं पटक सम्म बन्द भएको दाङको हवाई सेवा यो उडान सँगै नियमित हुने अपेक्षा सर्वसाधारणले गरेका छन्। पछिल्लो समय ३ वर्ष पछि आइतबारबाट उडान सुरु भएको हो। पछिल्लो समय समिट एयरले सातामा दुई दिन आइतबार र शुक्रबार उडान भर्ने तयारी गरेको छ । दाङदेखि काठमाडौंका लागि प्रतिव्यक्ति ६ हजार ८ सय भाडादर निर्धारण गरिएको छ भने काठमाडौंबाट दाङका लागि ७ हजार २ सय भाडादर निर्धारण गरिएको छ ।

विमान सेवा सुरु हुन थालेपछि पहिलो उडानमा नेकपा माओवादीका नेता कृष्णबहादुर महरादेखि यसक्षेत्रका जनप्रतिनिधि काठमाडौंबाट दाङ आएका छन् ।

लामो समयको कसरत पछि विमान सेवा सुचारु हुन लागेको हुँदा जनप्रतिनिधि र मन्त्रीहरु प्लेनमा आउन थालेको मेयर पाण्डेले बताए । २०११ सालबाट सञ्चालनमा आएको विमानस्थल यसअघि पटक–पटक गरेर चार पटक रोकिदै र सञ्चालन हुँदै आएको थियो । स्थानिय तहको निर्वाचनमा मेयर पाण्डेले विमान सूचारु गराउने प्रतिवद्धता जाहेर गरेका थिए ।

निर्वाचनकाक्रममा पूर्व मेयर पाण्डेले दशैंअघि नै विमान सूचारु गराउने प्रतिवद्धता जाहेर गरेका थिए। तर, पछिल्लो समय दाङको निर्वाचन क्षेत्र नं। २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य महराको पहलमा प्लेन आउने वातावरण वनेको कतियले बताउने गरेका छन्।

महराले दाङ प्रदेश नं। ५ को राजधानी हुने निश्चित भएको हुँदा अबिलम्व विमान सेवा सुचारु गर्ने बचन दिँदै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *