जनता आवास कार्यक्रमबाट एक हजार घर निर्माण हुने

बैतडी,पुष २५

जनता आवास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा बैतडीमा ५०० घर निर्माण हुने भएका छन् । अति विपन्न दलित समुदायका नागरिकलाई लक्षित गरी घर निर्माण गरिने शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीका प्रमुख प्रवीण शाहले जानकारी दिए ।

आफ्नो नाममा लालपूर्जा भएका तर घर नभएकाका लागि कार्यक्रमअन्तर्गत घर निर्माण गरिने कार्यालय प्रमुख शाहले जानकारी दिए।साविकका थप छवटा गाविसमा यो कार्यक्रम विस्तार भएको छ ।

थप हुने गाविसमा साविकका पञ्चेश्वर, कोटपेटरा, रौलेश्वर, गिरेगडा, मठैराज र गुरुखोला रहेको प्रमुख शाहले बताए । घर जीर्ण भएका, घर नै नभएका, परिवार संख्या ठूलो भएका नागरिकलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *