बाहिरीयो निशान भट्टराईको प्रतिक्षित गीत

काठमाडौँ , माघ ७

लोकप्रिय रियालिटी शो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको पहिलो गीत बाहिरीएको छ ।

नेपाल आइडलपछि व्यस्त बनेका निशानले गाएको पहिलो गीतको भिडियो बाहिरीएको हो । नेपाल आइडलको स्टेजबाट दर्शकको मन जित्न सफल निशान ‘आफ्नै छायाँसँग पनि’ बोलको गीतमार्फत निशानको कला र गला पहिलो पटक देखिएको हो ।

उनको नयाँ गीतको पर्खाइमा रहेका करोडौँ फ्यानका लागि निशानको गीतसँगै भिडियो पनि सार्वजनिक गरिएको भिडियो निर्देशक युवराज वाइबाले जानकारी दिएका छन् । वाइबा अहिलेका व्यस्त म्युजिक भिडियो निर्देशक हुन् ।

भिडियोमा उनले निशानसहित नायिका जेबिका कार्की र अनिल थापालाई फिचर गरेका छन् । प्रदिप चापागाईँको शब्द रहेको गीतमा आनन्द राईको शब्द र निशान भट्टराईको स्वर छ । गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *