स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत इसिजी र भिडियो एक्सरे सेवा शुरु

७ माघ,बैतडी । पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा इसिजी र भिडियो एक्सरे सेवा शुरु भएको छ ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले पाटन प्राथमिक स्वास्थ्य केन्द्रलाई इसिजी र भिडियो एक्सरे यन्त्र उपलब्ध गराएपछि सेवा सञ्चालनमा आएको हो ।

सेवा जिल्लामै आएपछि बिरामीहरु बाहिर गएर उपचार गर्नुपर्ने समस्याबाट छुट्कारा पाएको केन्द्रका डा नवीन्द्र ढकालले बताए ।

उनले भने,“इसिजी र भिडियो एक्सरेकै लागि भारतीय बजार, जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ ।”

स्वास्थ्य बीमा कार्यक्रमले जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई उपचार सेवा दिने अस्पतालमा सूचीकृत गरेको छ ।

स्वास्थ्य बीमाअन्तर्गत इसिजी, भिडियो एक्सरे र एक्सरे सेवा राखिएको छ । बैतडीमा विसं २०७३ पुस ७ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *