गाउँभर विस्तार गर्ने योजनाका साथ व्यावसायिक कफी खेतीतर्फ आकर्षित

 पर्वत,माघ ७

एक विकट गाउँका बासिन्दा व्यावसायिक कफी खेतीतर्फ आकर्षित भएका छन् ।

कफी खेतीका लागि प्रशस्त जमिन र उपयुक्त वातावरण भएकाले यसतर्फ कृषकको मोह बढेर गएको बताईन्छ ।

कफी खेतीको विस्तार र प्रवद्र्धनका लागि कृषकले ११६ सदस्य भङगरा कफी सहकारी संस्था समेत खोलेका छन् ।

वन जंगलको आडैमा रहेको प्रशस्त खाली जमिन रहेको र त्यहाँ विगत तीन वर्षअघि लगाएका कफीका बिरुवा हराभरा हुनथालेका सहकारीका अध्यक्ष टीकाराम भुसालले बताए ।

गाउँभर विस्तार गर्ने योजनाका साथ कफीको मूल्य बजारमा समेत राम्रो पाइने र बिक्रीको समस्या पनि नभएकाले अन्य पेशा छाडेर यसतर्फ लागेको बताए ।

सहकारीमार्फत कफी मात्र हैन कुखुरापालन, बाख्रापालन र मौरीपालनजस्ता व्यवसाय समेत शुरु गरेका छन् ।

नगर प्रमुख पदमपाणि शर्माका अनुसार व्यावसायिक रुपमा लाग्ने कृषकलाई नगरपालिकाले विभिन्न अनुदान र प्रोत्साहनमूलक कार्यक्रम ल्याएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *