शिक्षण संस्थाले व्यावसायिक शिक्षा तथा सीपमूलक ज्ञान उपलब्ध गराउनु पर्नेमा जोड

काठमाडौँ, माघ ९

महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री कान्ता भट्टराईले विद्यार्थीलाई शिक्षण संस्थाले व्यावसायिक शिक्षा तथा सीपमूलक ज्ञान उपलब्ध गराउनुपर्ने बताएकी छिन् ।

उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउन सकेमा देशमा शैक्षिक बेरोजगार न्यूनीकरण हुने बताईन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नं. १० अन्तर्गत प्रदेश (ख) का सांसद तथा नेकपा (एमाले)का नेत्री रमा आलेमगरले सैद्धान्तिक ज्ञान र व्यावहारिक ज्ञान दुवैले मात्र विद्यार्थीलाई चलाख र दैनिक जीवनमा संघर्षशील व्यक्तिका रुपमा स्थापित हुने बताईन् ।

अन्तरर्राष्ट्रिय मापदण्डका आधारमा निर्माण भएका पाठ्यक्रमभन्दा स्वदेशी आवश्यकता अनुसारको आधुनिक शिक्षा उपलब्ध गराउनु पर्ने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *