हिमपातले सुदूरपश्चिमको हिमाली क्षेत्रका किसान खुशी

 बैतडी,माघ १०  

हिजो रातिदेखि लगातार वर्षासँगै हिमपात हुन थालेपछि सुदूरपश्चिमको हिमाली क्षेत्रका किसान खुसीहरु खुशी भएका छन् । वर्षासँगै  लामो समय पश्चात हिमपात भएपछि बाली सप्रिने भन्दै किसानहरु खुसी भएका हुन् ।

मौसम परिवर्तनका कारण सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लाहरुमा  यस बर्ष ढिलो गरी हिमपात भएको छ ।

बैतडीको खोडपे, सतबाँझ लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको बताइएको छ । त्यस्तै दार्चुलाका उत्तरी क्षेत्रका सबै स्थानमा हिमपात भएको र अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, टिङकर लगायतका ठाउँमा हिमपात भएको छ ।

डडेल्धुराको सदमुकाम लगायत भिमदत्त राजमार्गको साहुखर्क, गैरा, हगुल्टे लगायतका स्थानमा हिमपात भएको छ । बझाङको जयपृथ्वी नगरपालिका पणेश क्षेत्र, धामीलेख, पीठालेख, दौलीचौर, सुर्मा, काँडा लगायतका क्षेत्रमा पनि हिमपात भएको छ ।

हिजो रातिदेखि पानी पर्न सुरु भए पनि हिमपात भने आज बिहानमात्र भएको हो । लेकाली भेगमा भने हिमपात जारी छ ।
बाजुराको बडिमालिका नगरपालिका, बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिकामा र त्रिवेणी नगरपालिकाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको र बर्षासँगै हिउँ परेर चिसो बढे पनि बाली सप्रिने भन्दै किसानहरु खुसी भएको बताईन्छ ।

अछामको पनि उच्च हिमाली क्षेत्रमा हिमपात भएको बताइएको छ ।

प्रकाशित १० माघ २०७४, बुधबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *