धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा ६ टोली सहभागी हुने, रणनीतिक खेलाडीको घोषणा

कैलाली,माघ १० 

धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा सहभागी टोलीले आफ्नो टोलीको रणनीतिक खेलाडीको घोषणा गरेका छन् ।

पत्रकार सम्मेलनमा विभिन्न ६ सहरका ६ फ्रेन्चाइज टोलीको रणनीतिक खेलाडीको घोषणा गरेको हो ।

आयोजक संस्थाका अध्यक्ष सुवास शाहीका अनुसार धनगढीको अञ्चल प्रहरी कार्यलयको एसएसपी क्रिकेट मैदानमा चैत १७ देखि वैशाख १ गतेसम्म चल्ने प्रतियोगितामा टिम चौराह धनगढी, सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, काठमाडौँ गोल्डेन्स र विराटनगर किंग्स, महेन्द्रनगर युनाइटेडको सहभागिता रहने छ ।

महेन्द्रनगरको खेलाडी विनोद भण्डारी छन् भने चौराहाका सोमपाल कामी, अत्तरियाका दीपेन्द्रसिंह एरी, रुपन्देहीका शक्ति गौचन, काठमाडौँका ज्ञानेन्द्र मल्ल र विराटनगरका पारस खड्का रहेका छन् ।

प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख पाउनेछ । तेस्रो स्थान हाँसिल गर्ने टोलीले तीन लाख र चौथो हुनेले दुई लाख पाउने छ ।

प्रत्येक खेलका म्यान अफ द म्याच घोषित हुने खेलाडीले १० हजार र म्यान अफ द सिरिज हुनेले टिभीएस अपाचे १८० सिसीको मोटरसाइकल पाउने छ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले पनि पुरस्कार पाउने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *