कर्णाली,देशभरका दलित र एकल महिलाले अब ५५ वर्षमै वृद्धभत्ता पाउने

काठमाडौं,माघ ११

सरकारले गरेको निर्णयले अब कर्णालीका नागरिकले ५५ वर्षमै वृद्धभत्ता पाउने भएका छन् । सरकारले गरेको निर्णयपछि कर्णालीका सबै नागरिक, देशभरका दलित समुदाय र एकल महिलालाई ५५ वर्षमै वृद्धभत्ता दिने पञ्जीकरण विभागले जनाएको छ ।

यसअघि कर्णालीका सबै समुदायका नागरिक र देशभरका दलित समुदाय तथा एकल महिलालाई ६० वर्षमा भत्ता वितरण गर्दै आएको थियो । सरकारले वृद्धभत्ता पाउने उमेर पाँच वर्ष घटाएकाले कर्णाली र दलित समुदायको वृद्धभत्ता पाउने उमेर पनि पाँच वर्ष घट्ने विभागले जनाएको छ ।

त्यस्तो स्थितिमा कर्णालीका सबै समुदाय, एकल महिला र देशभरका दलित समुदायका नागरिकले ५५ वर्षमै वृद्धभत्ता पाउने विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले बताए ।

मन्त्रिपरिषद् बैठकले सामाजिक सुरक्षाका रूपमा ज्येष्ठ नागरिकलाई दिँदै आएको वृद्धभत्ता अब ६५ वर्षदेखि नै दिने निर्णय गरेको छ । अहिलेसम्म सरकारले ७० वर्ष उमेर पुगेका नागरिकलाई मात्र मासिक एक हजार सामाजिक सुरक्षा भत्ता र एक हजार औषधि उपचार खर्च गरी दुई हजार दिँदै आएको थियो ।

प्रकाशित ११ माघ २०७४, बिहिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *