निजी बिद्यालय छोडेर सरकारी बिद्यालयमा

रुक्मणी परियार,माघ १२

शिखर नगरपालिका वडा नं.४ मुडभरा मरकट्टेका राम बहादुर महराका छोरा हुन् योगेन्द्र महरा । उनि गाउँकै श्री पशुपती आधारभुत बिद्यालयमा कक्षा ३ मा भर्ना भएका थिए । हाल उनि गाउमै रहेको पशुपति प्रा.वि.मा कक्षा ४मा अध्ययन गरि रहेका छन । गाउँमा निजि बिद्यालय संचालनमा आएपछि उनका बुवा राम बहादुरले पढाई छुटाएर योगेन्द्रलाई बोर्डिड स्कुलमा भर्ना गरि दिएका थिएन ।

गाउँमै बेर्डिड स्कुल संचालनमा आएपछि सरकारी बिद्यालयको भन्दा राम्रो पढाई हुने भन्दै योगेन्द्र लगायत अन्य धेरै बिद्यार्थीहरु सरकारी बिद्यालय धमाधम छोडेर बोर्डिङ स्कुलमा भर्ना भए । सरकारी बिद्यालय भन्दा बोर्डिड स्कुलमा पढेका बिद्यार्थीहरु धेरै जान्ने हुन्छन भनेर राम बहादुर लगायतका अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई बोर्डिड स्कुलमा भर्ना गरेका हुन् ।

सरकारी बिद्यालयमा शिक्षकहरु मनलागी आउने,पढाई राम्रो नहुने सरकारी बिद्यालयमा पढेका बिद्यार्थी निजि बिद्यालयमा पढेकाहरु भन्दा पढाईमा निकै कमजोर हुने भन्दै निजि बिद्यालयमा पढाउने मोहले सरकारी बिद्यालयबाट छुटाएर निजि बिद्यालयमा भर्ना गरेपछि निजि बिद्यालयमामा पढ्नेहरुको संख्या हात्वै बढेको थियो ।

गाउँको पुरानो सरकारी बिद्यालयमा बिद्यार्थीसंख्या हात्वै घटेपछि बिद्यालयका शिक्षक र बिद्यालय व्यबस्थापन समितिका पदाधिकारीहरु चिन्तित बने । सार्वजनिक शिक्षालाई अनिबार्य र गुणस्तरीय बनाउने सरकारको नीती र कार्यक्रम लागु भए पनि आबश्यक स्रोत जनशक्तिको प्रयाप्त ब्यवस्था नहुदा सरकारी बिद्यालयको शैक्षिक अबस्था दिनप्रति दिन खस्कदै गएकोमा अभिभावहरु पनि चिन्तित थिए ।

शिक्षक,बिद्यालय ब्यवस्थापन समिति र अभिभावहरु चिन्तित बनी रहेका बेला सम विकास केन्द्र नेपाल बरदान साबित हुन पुग्यो । एक्शनएड नेपालसंगको साझेदारीमा सम विकास केन्द्रले प्रगतिशिल स्थानीय श्रोत परिचालनद्धारा गुणस्तरिय शिक्षा प्रवद्र्धन परियोजना संचालन गरेपछि भने अभिभावकबाट बिश्वास गुमाएको श्री पशुपती आधारभुत बिद्यालयमा छोटो समयमै निकै परिवर्तन आयो ।

परियोजना अन्र्तगत अभिभावकहरुलाई गुणस्तरिय शिक्षाका लागि शिक्षाका १० अधिकार, शिक्षकहरुलाई बालमैत्री र बालकेन्द्रीत सिकाई तालिम, अभिभावकहरुबीच अन्र्तकृया,बिभिन्न बिषयमा छलफल, भर्ना अभियान, बाल क्लव गठन,शिक्षा सरोकार समुह गठन गरि बिभिन्न कार्यक्रमहरु संचालन गरिएको छ ।

बिद्यालयका प्र.अ.,शिक्षक, बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका पदाधिकारीहरुको प्रयासका कारण बिद्यालयमा शिक्षण सिकाई, सरसफाई, बिद्यालय सुधारका लागि छलफल गरिएपछि बिद्यालयमा सुधार आएको हो । बिगतको तुलनामा बिद्यालयमा धेरै सुधार आएपछि अहिले अभिभावकहरुप्रति विश्वास बढेको छ ।

पहिले बिद्यालयको अबस्था खस्केको देखेर मैले आफनो छोरालाई छुटाएर निजि बिद्यालयमा भर्ना गरे अहिले बिद्यालय राम्रो सुधारपछि छोरालाई यस बर्ष पुनः पशुपती आधारभुत बिद्यालयमा भर्ना गरे राम बहादुर महराले सुनाए । राम बहादुरले छोरालाई पुनः पशुपतीमै भर्ना गराएपछि गाउँका अन्य ७ जना अभिभावकहरुले पनि निजि बिद्यालयबाट छुटाएर पुनः पशुपती आधारभुत बिद्यालयमै भर्ना गरेका छन् ।

योगेन्द्र अहिले कक्षा ४ मा अध्ययन गरि रहेका छन् । उनि निरन्तर रुपमा कक्षा उपस्थित हुने गरेका छन् । उनको पढाई गत बर्षको तुलनामा निकै राम्रो भएको राम बहादुर महराले बताए । पशुपति आधारभुत बिद्यालयमा गठन गरिएको बाल क्लबमा बालबालिकाहरुको सक्रियता बढेको छ । अतिरिक्त कृयाकलापहरु निरन्तर रुपमा संचालन हुदै आएका छन् । जसले गर्दा बालबालिकाहरुको सिकाई बढेको प्र.अ.छत्रराज जोशीको भनाई छ । आजभोली अभिभावकहरु नियमित रुपमा बिद्यालयमा आउने, छलफल गर्ने र बालबालिकाहरुको शैक्षिक उपलब्धि र उपस्थितीका बारेमा सोधपुछ गर्ने गरेको प्र.अ.जोशी बताउँछन् । पशुपती आधारभुत बिद्यालयलाई नमुना बिद्यालय बनाउनु पर्ने भन्दै अभिभावकहरुमा देखिएको लगनशिलता र मेहनतले बिद्यालयमा सुधार आएको हो ।

बिद्यालयमा भौतिक पुर्वाधार व्यबस्थापन, शैक्षिक सामाग्री, सरसफाई शिक्षण सिकाई, नियमित रुपमा छलफल हुने लगायतका कार्यहरु पशुपती आधारभुत बिद्यालयको दिर्घकालिन सुधारका लागी सबल पक्षको रुपमा लिन सकिन्छ ।

प्रकाशित १२ माघ २०७४, शुक्रबार

परियार समता मिडिया सेन्टरको प्रबन्ध निर्देशक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *