मृगौला पिडित गायिका जलजला परियारको उपचार गर्न सहयोगको आब्हान

काठमाडौं,माघ १३

नेपाली तारा सिजन ३ साथै चलचित्र बाटोमुनिको फुल लगायत दर्जनौ गितबाट आफुलाई चिनाउन सफल स्वरकी धनी अर्घाखाँचीकि २१ बर्षीय गायीका जलजला परियारको दुबै मिर्गौलाले काम गर्न छोडेपछि टिचिङ अस्पतालमा उपचार भैरहेको छ ।

महाराजगंजस्थित टिचिङ अस्पतालममा उपचार गराईरहेकी जलजलाको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या परेको हो । उनलाई उपचारका लागि आर्थिक सहयोगको आब्हान गरिएको छ । गायिका जलजला परियारको उपचार गर्न सहयोगको आब्हान गरिएको छ । नेपाली तारा सिजन ३ की प्रतियोगी गायिका जलजलाको उपचारमा संगीतकार सुनिल मास्केले सहयोग जुटाउने अभियान थालेपछि अहिले सामाजिक क्षेत्रमा क्रियाशिल बिभिन्न ब्यक्तिहरु मार्फत सामाजिक संजाल मार्फत सर्बत्र सहयोगको आब्हान थालिएको छ ।

मास्केले उनको उपचारका लागि सहयोग जुटाउने क्रममा आफैंबाट १० हजार रुपैयाँ दिएर सुरुवात गर्दै सहयोग गर्ने दाताहरुलाई सम्पर्क गर्न फेसबुकबाट अनुरोध गरेका थिए । उनले गरेको सहयोगको सुरुवातसँगै गीतकार नूतन भुसाल र गीतकार श्रवण जोशीले ५–५ हजार सहयोग गरिसकेका छन् ।

मास्केले फेसबुकमार्फत् बगैंचामा फुल्न नपाई गायिका जलजला परियारको दुवै मृगौलाले काम गर्न छोडेकोमा चिन्ता व्यक्त गर्दै सरस्वतिको पुत्रीलाई सहयोग गर्न सबैलाई अनुरोध गरेका हुन् । संगितकार मास्केले गरेको अनुरोधलाई साथ दिदै बिभिन्न ब्यक्तिहरु बिदेश र स्वदेशमा सहयोग जुटाउन सक्रिय छन् । गायिका जलजला परियारलाई सहयोग गर्नका लागि  सम्पर्क गर्न सकिनेछ ।

सहयोग गर्नका लागि:
Global IME बैंकको खाता नम्बर: 3507010003576
खतावालाको नाम : Narayan Bahadur Darji
फाेन : 9843603005( जलजलाको बुबा ।)
संगितकार ,सुनिल मास्के : 9851025488
Bindu Pariyar Thapa 9841583264
गायिका- Sunitami Pariyar
– Anu Sth अनिता परियार -9811199062

 

प्रकाशित १३ माघ २०७४, शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *