ऐतिहासिक संघर्षको कथा जसले परिवर्तनमा उथलपुथल ल्यायो

बजीर सिह विक,माघ १४

भारत नजानेले हलि बनेर काम गर्नु पर्ने वाध्यता थियो शियाला गाँउका वासिन्दाको । तल्लो र माथिल्लाको भेद अझ भनौं जिमुवाल मुखियाहरुको राज चलेको ठाँउ । त्यहाँ रजाँइ चल्थ्यो ठूला बडाहरुको । कसैले बासीभात तताएर खान नहुने यदि खाएको भेटाए हदै सम्मको जरीवाना हुने ।

गाँउको नाम नै शियाला । पहाडले छेकिएको । पुस, माघ महिनामा हिमपात हुने । हिउदको समयमा गराहरु सेतै देखिने अनि बाटाहरुमा कारिम परेर (पानी जमेर) सिसा जस्तै हुने । लगाउने कपडा नभएर च्यातिएका, ठाँउठाँउमा टालो हालेर लगाउनु पर्ने । रोजगारी नभएर गाँउलेहरु भारतमा ज्याला मजदुरी गर्न जानु पर्ने ।

जरीवानाको नाममा खसी बाख्रा रुपीया पैसा रोग्रा जीमुवाल, मुखियाहरुले दण्ड जरीवाना भन्दै डाटेर आफनो पोल्टामा पार्थे । ठूलावडाहरुको अण्डरमा रहेको गो शियाला गाँउमा दिउसो ११, १२ बजे पछि मात्र घाम लाग्थ्यो । मिहनतका धनी जनता दश नङग्रा खियाउनका असाध्यै सिपाले ।

दलितलाई डोला बोक्ने, मानिस मर्दा ठाँडा(वाँसको लाश वोकेर लैजाने सामाग्री) काट्ने, टेको समाउने, बन्चरा बोकेर दाउरा बनाउने अनि खेत खलिहानमा काममा लगाउने कमारा जस्तै थियो । ठूलावडाको दवदवा र प्रभावमा रहेको गाँउ । डरै डरमा हुर्किएका गाँउलेको दिनचर्या थियो । एक दिनको कुरा हो त्यो गाँउमा कालिकोटको गेला भन्ने ठाँउवाट एक परिवार भागेर आएको रहेछ ।

डुल्दै जाँदा त्यो भागेको परिवार त्यहि शियाला र मडासैन भन्ने ठाँउमा वास वस्न पुगे छ । त्यहि गाँउमा काम गरेर खाने । विस्तारै जग्गा जमिन किनेर वासिन्दा नै बन्यो त्यो परिवार । मध्यपश्चिमाञ्चलको दैलेख आठबीस दरा । यहाँ स्वाभावैले परमपरागत रुपमा नै लोक सस्कृति छ ।

परम्परा गतरुपमा चलिआएका देउडा खेल, माँगल, छैटी, हुड्के नाच, रत्यौली, झाउरे नाच, धामी नाच, श्रमकारी नाच, मारुनी नाचलगाएतका थुप्रै लोक सस्कृतीको धनी ठाँउ । यहाँ पंञ्ंचेवाजा(दमाहा) नाच, लोकप्रिय नाचहरु हुन । विवाह व्रर्तवन्ध र दशै तिहार जस्ता चार्डपर्वमा रमाईलो गर्ने चलन पहिले देखि नै चलिआएको लोक सस्कृति हुन ।

परम्पराका रुपमा अस्तीत्वमा रहेका थिए । यसको संरक्षण भने भएको थिएन । केवल मनोरन्जनका लागि मात्र थिए । राती राती गीत गाँउने पुरातनवादी चलन थियो । युवा, युवतीहरुविशेष गरी समाहित थिए । विचारमा परिवर्तन ल्याउने खालका आधार नभएका सस्कृतिमा बढी उद्त थिए । परमपराकै जघेर्ना गर्ने जात्रा पनि प्रचुरमात्रामा थिए ।

गाईजात्रा, गल्लौडी, भैनी, भुवो, भैलो, सेरा, विजारे डिग्रे जस्ता मेला लाग्ने गर्दथिए । ती मेलाहरु केवल रमाईलाका साधन थिए । मोजमस्तीका जात्रा । केटाले विवाह गर्नु परे ती मेलाबाट जुन केटी मनप¥यो रोजेर लिन पाईने । लछारपछार नै चल्थ्यो । यसलाई सरसरती भन्दा महिला हिंसा नै थियो ।

त्यो हिंसा लगाएतका मानवकलंकका रुपमा रहेका जातिय हिंसाहरु त्यो कालिकोट बाट बसाई सरेको परिवारलाई मन परिरहेको थिएन । उसमा परिवर्तनको अग्रगामी सोचले घचघच्याई रहेको थियो । तरपनि भित्र भित्रै त्यो परिवार मुरमुरी रहेको थियो । सामन्तवादी जातिभेद र वर्गभेद भएको अर्थात शोषणमा आधारित व्यवस्थामा तमाम कामगरी खाने जनताको चेतना भर्ने राजनैतिक रुपमा सचेत र संगठित गर्ने कुनै पनि संकेत देखिदैन थियो त्यहाँ ।

हेपिएका, चेपिएका, थिचिएका र पिल्सीएका दलितको राज्यको पँहुच त के सामान्य कापीको पाना समेत छुन नपाउने देखेर त्यो परिवार त आक्रोसित थियो । मानिस एउटै भएपनि छोएमा पापलाग्छ भन्ने आध्यात्मवादी विचारले शोषीत–पीडित जनतालाई विचारमा शुन्य पारिएको थियो । तल्लो जात भनेर अपहेलना र घृणा गर्ने आफुलाई ठुला भन्ने जातिका मानिसहरुलाई छुनै नहुने, छोएमा जात जाने, नर्कमा पर्ने रुढीगत कुराले जरा गाडेको समाजमा फरक ढंगको विचार बोकेको थियो त्यो परिवारले ।

विश्वमा कर्म गरेर संसार परिवर्तन गर्ने शीप र श्रमका धनी मानिसहरुलाई दास र कमारा, कमारीको रुपमा प्रयोग गरिएको थियो र अहिले पनि गर्दै आएका छन् । श्रम र शिपका धनी । आफैले निर्माण गरेका वाजागाजा जस्तै दमाहा, ताल, पंचेवाजा, विवाह वर्तवन्धमा शुभ र अशुभ कार्यमा दलितहरुले बजाउन नपाउने परमपरा । उपल्ला जातका मानिसले मात्र ती वाजागाजा बजाउन पाउने नियम बनाईएको थियो ।

तल्ला जातका मानिसले बजाएमा अशुभ हुने भनेर महाराजी नगारा, शंख, ताल बजाउन प्रतिबन्ध लगाईएको थियो । दलितहरुले ती बाजा बजाए, महाराजी नगारा हालेमा दण्डित हुनु पथ्र्यो । तिमीले हाम्रा काममा मात्र वजाउन पाँउछौ । तिमीहरुले आफनो काममा शंक फुक्न पाँउदैनौ भनेर गाँउ वस्तीमा प्रतिवन्ध लगाएको थियो ।

यदि तल्लो जातका मानिसले वजाए भने मारपीट गर्ने, गरिवका खोपे ताउला हातपात गरि लिने चलन थियो । वाजा बजाउन स्वीकृति लिनु पर्छ भन्दै गरिवसंग भएको खेतपाखा आफ्नो पोल्टामा पार्थे । वजाई हाले उनीहरुलाई कमारा कमारी बनाउथे । विस्तारै समाजमा चेतनाको विकास हुदै जाँदा पंचेवाजा र शंख वजाँउदा समाजमा अशुभ भयो भन्दै कुटाकुट गर्ने गर्दथे ।

यस्ता घटना थुप्रै छन् । उहादरणको लागि यहाँ दैलेख जिल्ला क्षेत्र न. १ मा दलित परिवारका मान्छेले आफनो मानिस मर्दा शंख र दमाहा बजाएका थिए । सामन्त शोषकहरुले उनीहरुलाई जरिवाना तिराएका थिए । धनसम्पतीमात्र होइन कुटपीट पनि गरेका थिए । यस्तै क्षेत्र न. २ को साविकका आठवीस दरामा जिमुवाली र मुखियाहरुको हालि मुहाली थियो ।

अन्धविश्वासमा जकडिएको गाँउ मध्यको एक हो आठवीस दराको शियाला गाँउ (छेपाडी) मा । (हाल आठवीस नपा ९ बाट) त्यो गाँउमा ठूलो विद्रोह भएको थियो । विवाहामा दमाहा बजाउदा, बन्दुक पट्काउदा कुटाकुट भएको थियो । धेरै घाईते भएका थिए । जसमा राम्रो भूमिका मने कामीको रहेका थियो । उनले पछि परेका समुदायको नेतृत्वदायि भूमिका खेलेर राष्टिय बाजा दमाहा, ताल बजाउन लगाए । दलित भनेर हेपिएको समुदायले पंचेवाजा र शंख बजाउन त्यो दिनबाट पायो ।

संघषको त्यो ठूलो रुप थियो । दैलेख आठवीस दरालगाएतका गाँउहरुमा रात्री संचालन हुने परमपरागत जात्रामा गाई जात्रा, भुवा, भैनी, तिज, नानटापु आदी मेलाहरुमा जनजाती युवा, युवतीले झाउरे नाच्ने, मादल बजाउने, लोकभाका गाँउने र सवैलाई मनोरन्जन दिने गर्दथ्ये । अन्य जातिका मानिसहरु देउडा खेल्ने, कति युवाको युवती त दुरव्यवहारमा पर्ने गर्दथ्य ।

त्यस्ता कृयाकलापको व्यापक विरोध गरेर समाजमा सुसस्कृत समाज निर्माणको कल्पना गरेर शिह बहादुर गेलालले युवाहरुको जम्मातलाई मोटिभेसनको काम थाले । जमाममा जकडिएर रहेको जातिय प्रथा छुवाछुतको अन्त्य, छाउपडी प्रथाको अन्य र विकृतिको रुपमा रहेको राती राती गीदगाँउन जाने चलन र राती लाग्ने मेलाको न्यूनिकरण गरेर सुन्दर समाज निर्माण गर्न गेलालले युवाहरुलाई परिवर्तनको बाटोमा हिडाउने सोच बनाए ।

अनि लागे भारतमा मजदुरी गर्न । समाजको अपहेलनालाई सहन गर्न नसक्ने गेलालले भारतमा आफना समुदायलाई संगठित पार्दै समुहनै बनाए । समाजमा सक्रिय भूमिका खेल्ने गेलाल अन्यायमा परेका मानिसलाई उद्धारमा तत्काल एक्सन चाल्थ्ये । समाजले पनि उनलाई राम्रै आदर सत्कार गर्दथ्यो ।

एक दिनको कुरा हो उनले भारतमै गएका युवालाई जम्मा गरेर छुवाछुत अन्त्यका लागि पहिलो एजेण्डा उठाए । त्यो एजेण्डा थियो प्रतिवन्ध लागएको शंक बजाउने । भारतको हिमाचल प्रदेशको मनालीमा कुल्लीकाम गर्ने दलित समुदायका युवाहरु वैठक बसे । उनिहरुले निर्णय गरे कि प्रत्यक व्यक्तिबाट २० रुपयाँ उठाएर शंख किन्ने ।

करिव ३० जना यवाले २० रुपया अनिवार्य उठाउने वाँकि इच्छुकले जति सकिन्छ त्यति हाल्लने कुरा गरे उठाएको रकम भयो जम्मा ६०० । त्यसमा सहभागी म पनि हुन्छु भनेर वेरुपाटाका सौरेकामी पनि २० रुपैया दिएर शंख किन्नमा सहभागी भए । ६२० रुपयाँ भयो । वाँकि रुपया शिह बहादुर गेलालले आफैले दिएर जम्मा १४०० भयो ।

अनि केहि युवालाई भारतको हरिद्धार पठाए । त्यो पैसाले दुईवटा शंख किने । योजनाकार शिह बहादुर गेलालको योजना सफल पार्न पहिलो खुट्कीलो पुरा भयो । गाडिभाडा कमाएर गाँउमा आए । केहि समय पछि गाँउमा दलित परिवारका वृद्ध सौरे कामीको मृत्यु भयो । गेलाले अव शंख बजाउने निर्णय गरे तर त्यो दलित समाजले मानेन ।

दवावमा रहेको त्यो समुदाय डरायो । यतिवेला गेलालले योजना चकनाचुर भएको महशुस गरे । उनले भने मरेका श्यालहरुहो तिम्रो मुक्ति यसरी नै सम्भव छ । नत्र कमारा कमारी, हली, दास, दासी भएर मर भनेर समुदायलाई सम्झाए । केहि युवाले साथ दिए र गेलालले शंख बजाए आएको चुनौतीको सवै जिम्मा म लिन्छु भने ।

पछि शंख फुकियो । उपल्लो जातिकाले मात्र बजाउने शंख बजेको सुनेर सवैको जमघट भयो । कामीको लाशमा शंख बजाउने भनेर व्यापक हिंसात्मक घटना भयो । तर दलित समुदायका युवाहरु हट्टाकठ्ठा उपल्लो जातिका पनि डराए । लाश समेत खोलामा फालिदिने धम्की उपल्लो जातिबाट आयो ।

गेलालले भने अब लाशलाई खोला फाल्ने भनि हाल्यौ, फाल्ने होईन छोएर मात्र हेर तिमीहरुको के के हुन्छ पछि परिणाम भोग्न तयार भएर मात्र गर भनेर गेलाल तम्सीए । झोकी गेललका शव्दबाँण त्यो समुदायले केहि गर्न सकेन आफ्नै जस्तो मुख लगाए । उपल्लो जातिका केहि परिवर्तन चाहने मानिस पनि एक्काइशौं शताव्दीमा हामीले यस्तो गर्न नहुने काम गर्न लागेका रहेछौं भनेर सम्झाए ।

त्यो घटना पछि दलित समुदायले आफनो परमपरामा शंख, दमाहा, ताल बजाउन सक्षम भयो । त्यस पछि गेलालको अर्को कार्य शुरु भयो । समाजमा परिवर्तन चाहने गेलालको योजना भयो अव यो अन्धविश्वासमा रुमलिएको समाजमालाई सर्वपर्थम सास्कृतिक हस्तक्षेप गरेपछि मात्र समाज रुपान्त्रण गर्न सजिलो हनेछ भन्ने आईडिया आयो ।

उनले आफ्नै परिवार भित्रबाट छोराछोरीबाटै संघर्ष गर्ने योजना बनाए । देउसीको दिन देशभर देउसी खेले पनि ग्रामिण भागमा देउसी भन्ने केहो थाहा थिएन । त्यहि मौका छोपेर देउसीको तयारी गर्न थाले । छोरा छोरीलाई खेलाउने समाजमा उपद्रो भयो भनेर आलोचना आए । तर पनि उनले त्यो काम छोडेनन् । लागि रहे । केही युवालाई केटि बनाएर केहि युवा केटाकै रुपमा देउसीको तयारी गरे । खेले गाँउमा रमाईलो भयो । व्यापक आलोचनाको विच उनि सफल भए ।

दोस्रो खुट्कीलो पनि सफल हुने देखेपछि शिह बहादुर गेलालले अव साँस्कृतिक संघ बनाएर जनतामा राजनैतिक चेतनाको विकास गर्ने पलान सेट गरिहाले । त्यहि हेतुले अन्धविश्वासको भूमरिमा परिरहेको समाजमा भाषणवाट होईन कला र संगीतको माध्यमबाट माथि उठाउने ससाना बुनेका गेलालले क्रान्तिकारी उपल्लो जातिका व्यक्ति खोजे ।

कलाकारको रुपमा पहिलो स्टेप छोरा छोरी भैहाल्छन, उनिहरुलाई खेलायो भने अरुदाजुभाईका छोरा छोरी पनि खेलिहाल्छन् भनेर सोच बनाए अनि वर्गविहिन समाजको लक्ष्य वोकेर तिनिहरुलाई मार्गनिदेश गर्ने व्यक्तिको खोजिमा लागे । मार्गनिर्देको रुपमा त्यसमा निलम र कौशलले भरपुर साथ र सहयोग दिए ।

कौशले पनि कलाकारको रुपमा आफ्ना परिवारका केटाकेटी जम्मा पारे । निलमले पनि आफना परिवारका केटाकेटी जम्मा पारेर रिहल्सल गरे । दैलेख जिल्लामा पहिलो पटक नै सास्कृतिक संघ गठन गरियो । अनि राजनैतिक हस्तक्षेपबाट सास्कृतिकहस्तक्षेप गरेर समाज परिवर्तनको यात्रा गेलालको पुरा हुने तर्फ अगाडि बढ्यो । त्यो सास्कृतिक संघले दैलेख, सुर्खे, कालिकोट, जुम्ला जिल्लामा गीत संगीतको माध्यमबाट चेतनाको लहर ल्यायो । खबरडबलीबाट

प्रकाशित १४ माघ २०७४, आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *