पाँच वर्षमा ३ सय ९२ को मिर्गौला प्रत्यारोपण

काठमाडौं,माघ १७

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले पाँच वर्षको अवधिमा ३ सय ९२ जनाको सफल मिर्गौला प्रत्यारोपण गरेको छ । मानव अंग प्रत्यारोपण केन्द्रलाई सरकारले हालै मात्र नाम परिवर्तन गरेर शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र नामाकरण गरेको छ ।

केन्द्रले विसं २०६९ माघ ६ गतेदेखि मिर्गौला प्रत्यारोपण सुरु गरेको थियो । नेपालमा त्रिवि शिक्षण अस्पताल, वीर अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध छ । केन्द्रले नेपालमा पहिलो पटक सफल कलेजो प्रत्यारोपण गरिसकेको छ ।

विदेशी विज्ञहरुको सहयोगमा दुई वटा कलेजो प्रत्यारोपण सम्पन्न गरेपछि अहिले लामो समयदेखि यो सेवा अगाडि बढ्न सकेको छैन् । नेपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिका अंग निकालेर प्रत्यारोपण गर्न सकिने कानून बनेको एक वर्ष बितिसकेको भए पनि व्यबहारमा जुन रुपमा लागु हुनु पर्ने हो त्यो हुन सकरहेको छैन ।

केन्द्रका कार्यकारी निर्देशकको विशेष पहलमा एक जना मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको भए पनि यो कार्यक्रम सहज रुपमा अगाडि बढ्न सकेको छैन । केन्द्रले मिर्गौला फेल भएका विरामीलाई एक लाख भन्दा बढी सेसन हेमोडाइलासिस सेवा पाएका छन ।

केन्द्रको नामाकरण समारोहमा सोमबार स्वास्थ्य मन्त्री दीपक बोहोराले केन्द्रले गरिरहेको सेवाको उच्च मूल्यांकन गर्दै सरकारले केन्द्रको विकासका लागि सबै प्रकारको सहयोग रहने बताए ।

प्रत्यारोपण विज्ञ एवं केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको प्रशंसा गर्दै मन्त्री बोहोराले केन्द्रलाई देशकै नमूना हस्पिटल बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए । हेल्थ टुडेबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *