नेपाली वैज्ञानिकलाई अन्तराष्ट्रिय सम्मान

समताखबर
  २३ पुष २०७४, आईतवार १०:५२

नेपाल कृषि अनुसन्धान परिषदमा कार्यरत धानका वैज्ञानिक उज्जवल के आर एस कुशवाहालाई सन् २०१८ को लागि इ(लाइफ एम्बेसडर घोषणा गरिएको छ। इ(लाइफ संस्था बाट प्राणी ९ जीव र वनस्पति ० विज्ञानमा काम गर्ने वैज्ञानिक लाई दिइने यो उच्च स्तरको सम्मान हो।

नेपाली वैज्ञानिक कुशवाहा यस अघि सन् २०१६ मा कालो चामल, अनुसन्धान, इतिहास र विकास विषयमा पुस्तक प्रकाशित गरि चर्चामा आएका थिए। उक्त पुस्तक विश्व प्रतिष्ठित विज्ञान जोर्नल प्रकाशक सप्रिन्गेर, अमेरिकाले प्रकाशित गरेका थिए । हाल उनि भारत स्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्रोधोगिक विश्वविद्यालय पंतनगरमा आनुवंशिकी र बाली प्रजनन विषयमा विद्यावारिधि गर्दैछन् ।

कुशवाहाका हालसम्म चार दर्जन भन्दा बढी अनुसन्धानपत्रहरु विभिन्न अन्तरराष्ट्रिय जोर्नल हरुमा प्रकाशित छन । उनि करिब एक दर्जन राष्ट्रिय र अन्तरराष्ट्रिय पुरस्कार पाइसकेका छन् । केहि समय पहिले नोवेम्बेर २०१७ मा भारतमा भएको वैज्ञानिक सममेलनमा उनलाई वेस्ट पपेर अवार्ड दियिएको थियो ।

इ(लाइफ एक अति प्रतिष्ठित अन्तराष्ट्रिय विज्ञान प्रकाशन समुह हो जसलाई होवार्ड हुघेस मे्डिकल इन्स्टिट्युट, द मेक्स प्लान्क्स सोसाइटी र द वेल्कम ट्रषटले स्थापना गरेको हो। यो संस्थाको प्रमुख कार्यालय बेलायतमा रहेको छ। इ(लाइफ को प्रमुख सम्पादन नोवेल अवार्ड विजेता रन्डी स्चेक्मनले गर्छन। कुशवाहा सन् २०१७ को लागि संस्थापक प्लान्ट कल्टेवेटर को रुपमा मनोनयन भएका थिए ।

प्लान्ट अमेरिकन सोसाइटी आफ प्लान्ट बिओलोजिस्ट को डिजिटल फोरम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *