बनेपामा आत्महत्या रोकथाम सम्बन्धि सचेतना

समताखबर
  २५ पुष २०७४, मंगलवार ०३:५१

आत्महत्या रोकथाम सम्बन्धि जनचेतना जगाउने उद्देश्यले काभ्रेको बनेपामा दुई दिवसिय सचेतना कार्यक्रम सम्पन्न भएको छ । बनेपा नगरपालिकाको सहयोगमा टीसप नेपाल, साइकडेस्क फाउण्डेसन र एपिएनको संयुक्त आयोजनामा कार्यक्रम आयोजना गरिएको हो ।

शनिबार सम्पन्न भएको कार्यक्रममा मनोपराशर्मदाता डा. नरेन्द्र ठगुन्नाले बढ्दो आत्महत्या रोकथामका लागि अपनाउनु पर्ने सावधानी र यसले समाजमा पारेको प्रभावका बिषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा स्थानिय शिक्षक, समाजसेवी र विभिन्न पेसामा संलग्न ३० भन्दा बढीको शहभागीता थियो । आत्महत्या रोकथामका लागि भविश्यमा देशका अन्य भागमा समेत यस प्रकारका सचेतना कार्यक्रम सञ्चालन गरिने डा. ठगुन्नाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *