
हिमाली भेगमा रहेका विभिन्न प्रजातिका जडीबुटी संकलन गरी निकासी पैठारी गर्न थालिएको छ ।
हिमाली क्षेत्रमा पाइने सुगन्धवाल, पाषणभेद, च्याउ, चिराइतोलगायतका प्रजातिका जडीबुटी संकलनका लागि ठेकेदारलाई अनुमति दिएर जडीबुटी पैठारी गर्न लागेको जिल्ला वन कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्ष २०७४/७५ मा हरेक मौसममा फरकफरक प्रजातिका जडीबुटी संकलन गर्न अनुमति लिइ निकासी समेत भइसकेको निमित्त जिल्ला वन अधिकृत मनकुमार छन्त्यालले जानकारी दिए । हिमाली गाउँपालिकाको बिच्छ्या र रुगिन तथा गौमुल गाउँपालिकाकोे दहकोटलगायत क्षेत्रबाट जडीबुटी संकलन गर्ने गरिएको छ ।
मंसिरसम्म १३ प्रजातिका जडीबुटी संकलन भई निकासी भइसकेको छ । एउटा जातको जडीबुटी छ देखि आठ जना ठेकेदारले संकलन तथा निकासीको अनुमति लिने गरेका छन् ।
Leave a Reply