
७ नम्बर प्रादेशिक महोत्सव आउदो माघ २८ गतेदेखि डोटीको दिपायलमा सुरु हुने भएको छ । डोटी उद्योग बाणिज्य संघले आज बिहान ८ बजे दिपायलको बर्षा होटलमा पत्रकार सम्मेलन गरी महोत्सब माघ २८ गतेदेखी फागुन ९ गतेसम्म ११ दिन संचालन हुने जानकारी दिएको छ ।
“कृषि,पर्यटन,उधोग,ब्यापारको पूर्वाधार,७ नं.प्रदेश विकासको मुल आधार” भन्ने मूल नाराको साथ विविध कार्यक्रमहरु गरि प्रादेशिक महोत्सव संचालन गरिने बताईएको छ । प्राकृतिक,धार्मिक,सामाजिक र सांस्कृतिक संरक्षण एवं प्रवद्र्धनको धरोहरको रुपमा रहेको यस ७ नं.प्रादेशिक महोत्सवमा ७ नं.प्रदेशका नौ वटै जिल्लाका उद्यमी,ब्यवसायीहरु सहभागि हुने डोटी उधोग बाणिज्य संघका अध्यक्ष नरेन्द्र बहादुर खड्काले बताए ।
अध्यक्ष खड्काका अनुसार सांस्कृतिक पर्व भूवा,पुतला,हुड्केउली,गौरा,देउडा,धमारी,छलिया,सखिया,होरी,सोरठी आदी महोत्सवको आकर्षण रहेको र यस क्षेत्रमा खुवाईने परिकारहरु डुबका,फाँडो,बटुक,सेती नदिका माछा,छाई,मही,निसोसे,फाउने माडा महोत्सवका आकर्षण परिकारहरु रहने छ ।
अदुवा,सुन्तला,बेसार,तरकारी,भट्मास, र जोरायली बास्मतीको निकासी र प्रबद्र्धनमा सहयोग पुयाउने उदेश्यले स्टलमा प्रदर्शनीमा राखिने समेत अध्यक्ष खड्काले बताए । आयोजकका अनुसार महोत्सवमा उधोग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा प्रमुख अतिथि र भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिर बहादुर बलाएर र प्रतिनिधि सभा सदस्य प्रेम आलेमगर बिशिष्ठ अतिथिको रुपमा रहने छन् । महोत्सव आयोजना गर्न ७० लाख रकम लाग्ने आयोजकले जानकारी गराएका छन् ।
Leave a Reply