डा.केसीले विभेदकारी मानसिकताको बिरुद्ध धावा बोले

समताखबर
  ३० पुष २०७४, आईतवार ०७:१९

चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि राजनीतिक हस्तक्षेप र भ्रष्टाचार समाप्त गर्नुपर्ने मूख्य मागसहित धेरै अघि देखि अनशन बस्दै आएका प्रा डा गोविन्द केसी को अनसन र माग गम्भीर बहसको एउटा पाटो हो ।यसका बारेमा मैले केहि लेख्न चाहिंन तर डा गोविन्द केसीको ब्यबहारको अर्को पाटोको  विषयलाई लिएर दुई–चार शब्द कोर्दै छु ।

त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसीको पछिल्लो १४ औं आमरण अनशन २५ वर्षदेखि शिक्षण अस्पताल बाहिर जुत्ता सिलाउने काम गर्दै आएका सिरहा घर भएका ४५ वर्षीय नमुनिया माेचीको हात बाट जुस पिएर अनशन तोडे  । हुनत यस अघि पनि यसरि नै नेपाली समाज भित्र रहेका जातजाति, वंश, समुदाय र पेशाका आधारमा गरिंदै आएको शोषित , दमित उत्पीडितको हात बाट जुस पिएर अनशन तोडदै आएका छन् ।

नेपाली समाजमा लामो कालखण्डदेखि वर्ण व्यवस्था र चिन्तनले सिर्जना गरेको जातीय भेदभाव तथा छुवाछुतयुक्त प्रथा, परम्परा र संस्कारले नेपाली समाजमा  उपल्लो र तल्लो जातिजाती बीचको विभेद, उत्पीडन, अन्याय, अत्याचार एवं दमन गर्दै एक थरि समुदायलाई कथित दलित बनाएर कष्ठकर, मानव विरोधी घृणित र जघन्य प्रकृतिको अपराध गर्दै आएको छ  । जातकै आधारमा अवसरबाट बंचित गरिनु, बहिस्करणमा पार्नु, अछुत भनि पशुभन्दा पनि तुच्छ व्यवहार गरिनु मानवता विरोधी कार्य हो । यस्तो व्यवहार गरिनु अक्षम्य अपराध हो ।

नेपालको संविधानको धारा १८ मा हरेक नागरिकलाई समानरुपमा हेरिए पनि व्यवहारिकरुपमा धेरै को मानसिकता भने अझै फेरिएको छैन । यस्तो उत्पीडन, शोषण, दमन, विभेद र अन्याय अत्याचारका स्वरुपहरु जीवन्त रहेको नेपाली समाजमा एक परिश्रमी नेपाली जुत्ता सिलाउने कथित नेपाली समाजको पानी नचल्ने जात भनेर मानसिकता पालिएको दलितको हातबाट जुस पिएर सार्वजनिक रुपमा मित्रता, सद्भाव र सहिष्णुता कायम गर्दै समतामूलक समाज बनाउन प्रा डा गोविन्द केसीले उत्प्रेरित गरिरहेका छन् ।

हुन् त् समाजमा हामी हामी बिचमै अझै पनि भेदभाव छ । खास गरि नेपाली समाजमा कथित दलित लाई हेयको दृष्टिले हेर्ने चलन अझै पूरै हटेको छैन ।अझ त्यसमा पनि हाम्रो समाजका पढे लेखेका आधुनिक युवा पिढीहरु बाट पनि अन्धविश्वास लाइ जीवन्त राखन  मलजलको काम गरिदै आएको छ । डा गोविन्द केसीले दलितको हातबाट जुस पिएर के भो त् मैले पनि २/४ बर्ष घर परिवार देखि टाढा रहदा या हाटबजार घुम्दा कथित दलित समुदायका साथि संग संगै बसेर खाएको पिएको हु भन्ने धेरैमा सोच आउला तर देशमा होस् की बिदेशमा होस् संगै बसेर बर्षौ एक अर्काको जुठो मझैले चलेकोहरु समेत् मुलुकमा, समाजमा ,घरमा पुगे पछी धर्म सस्कारको बहाना गर्दै जातका आधारमा घुमाउरो पाराले शर्म नमानी विभेद गर्छन  । बाउ आमा मान्दैनन यार भन्ने देखि समाज अझै संक्रिन छ भनेर स्पस्टिकरण दिन्छन ।

जातीय रुपमा आफु जस्तै मानव बाट अनाहकमा भोग्नु परेको मानसिक यातनाविरुद्ध नेपाली समाजको यो मौनताले दण्डहीनतालाई बल पुराएको मात्र हैन एउटा आफु जस्तै मान्छेलाई जात, वंश र समुदायको आधारमा दलित बनाएर समाजमा  प्रताडित गर्ने र मानव हुनुको अर्थ गुमाउन बाध्य पार्ने हाम्रो मानसिकता मनन गर्दा अन्धविश्वासले हामीलाई गाँजेको प्रस्ट हुन्छ । यो भन्दा दुखदायी कुरा के हुनसक्छ ? यहीँ विभेदको मानसिकतालाई चिर्नका लागि जुत्ता सिलाउने दलितको हातबाट सार्वजनिकरुपमा जुस पिएर यो विभेदकारी मानसिकताको बिरुद्ध धावा बोलेका छन् । समाज संस्कृति, धर्म विकासको क्रम बुझेका मानिसले कहिल्यै पनि कहिँ पनि  मानिसहरूमा विभेद भाव राख्न हुदैन भनेर बुझाएका छन ।

विभेद भावलाई आधार बनाएर व्यवहार गर्नु त्यो अज्ञानता मात्र होइन मुर्खता पनि हो,मानव विरोधी घृणित र जघन्य अपराध पनि हो ।दलित र दलनको समस्याको केन्द्र हिन्दु धर्मलाई मानिएको छ किनकि बहुसंखयक उत्पीडित दलित समुदायहरु हिन्दु धर्मकै अनुयायी हुन् । उनीहरुको सामाजिक रहनसहनका हरेक पक्ष हिन्दु धर्मका संस्कार र परम्परामा निहित छन् ।

हुनत लोकतन्त्रको आगमन संगै धार्मिक स्वतन्त्रता र समतामूलक राष्ट्रको निर्माण होस् भन्नाका लागि देश धर्म निरपेक्षमा गइ सकेको छ तर हिन्दु धर्मावलम्बी दलित समुदायमाथि हिन्दु धर्मकै नाममा मठमन्दिरजस्ता आस्थाका केन्द्रमा प्रवेश गर्न नदिने, धारा, कुवा, पँधेरामा समेत छुवाछूतपूर्ण व्यवहार गर्ने कारण आज देशमा लाखौले धर्मपरिवर्तन गरेर यो अवस्थामा अझ मलजल भएको छ भन्दा फरक पर्दैन ।

यधपी धर्मपरिवर्तन गरेर दलितहरू छुवाछुतबाट मुक्त भएका छन् छैनन् त्यो अनुसन्धानको बिषय होला तर धर्मपरिवर्तनकारीहरूले हिन्दू सामाजिक वर्णब्यबस्थाको निन्दा गर्दै दलितहरूलाई धर्मपरिवर्तन गर्न प्रेरित गर्दा पनि हिन्दू धर्मका विज्ञहरूले समता मुलक समाज बनाउन ब्यबहारिक थालनी गरेनन । बरु आज गणतन्त्रमा पनि सार्वजनिकरुपमा सामाजिक सुधार गर्नुको सट्टा दलितहरु मठमन्दिर आउदा कुट्ने  , जरिवाना सजाय गर्ने , भैसीको गोठ सम्म छायाले छोयो भनेर सार्वजनिकरुपमा दण्डित गर्ने गरि छुवाछूतपूर्ण विभेदको इतिहास जीवन्त राख्दै आए ।

विगतदेखिको यो विकृति र विसंगतिलाई धर्मका अनुयायीहरुले कहिल्यै पनि सुधार्ने र समयानुकूल परिवर्तन गर्ने काममा ध्यान पुर्‍याएनन् । हिन्दू समाजले हिन्दु धर्मावलम्बी दलित समुदायमाथि गरिने  छुवाछुत  गलत हो  भनेर सार्वजनिक स्वीकार अझै गर्न सकेको छैन।

छुवाछुत हिन्दूहरूविचको रूढ़ीबादी मान्यता हो भनेर हिन्दू धर्मका विज्ञहरू र पुजारीहरुले सार्वजनिक रुपमा खुल्न नसक्नु , समतामुलक ब्यबहारको थालनी गरेर धारा, कुवा, पँधेरा, मठमन्दिरजस्ता आस्थाका केन्द्रमा र सार्वजनिक कार्यक्रममा सबैको समान पहुँच स्थापना गर्न नसकेका कारण आज लाखौंवर्ष पुरानो प्राचीन धर्म र संस्कृति प्रति गरिएका/ फैलाइएका बितृष्णा’हरू धर्म परिवर्तनमा परिणत हुने क्रम जारी छ  ।

धर्मको आडमा कथित दलित समुदाय संग हिड्दा बस्दा खादा र छाया सम्म ले छुदा आफु बिटुलो हुने मानसिकताको जरो हालेर बसेकाहरुलाई सार्वजनिक रुपमा पटक पटक जुत्ता सिलाउने दलितको हातबाट प्रा डा गोविन्द केसीले जुस पिएर दिएको समतामुलक सन्देश एउटा पाठ बनोस । www.alldalit.blogspot.com  बाट साभार

प्रकाशित ३० पुस २०७४, आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *