राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा, प्रतिनिधिलाई भोलि प्रशिक्षण दिने

समताखबर
  ८ माघ २०७४, सोमबार ०९:४०

यही माघ २४ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सातवटै प्रदेशमा खटिने प्राविधिक कर्मचारीका लागि आज आयोगमा आयोजित ‘एकीकृत निर्वाचन सूचना व्यवस्थापन प्रणाली’ सम्बन्धी प्रशिक्षणको शुभारम्भ गर्दै निर्वाचनका लागि आवश्यक पर्ने नियमावली र निर्देशिका तयार भएको जानकारी दिए ।

प्रशिक्षणमा सातै वटा प्रदेशका १५ जना प्राविधिकको सहभागिता रहेको छ ।

आगामी राष्ट्रिसभा निर्वाचनको तयारी, मतभार, मतगणना विधि र प्रक्रियाका बारेमा राजनीतिक दलका प्रतिनिधिलाई भोलि प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *