दलितको पक्षमा न्याय : जातीय छुवाछुत गर्ने लाइ ३ हजार जरिवाना

समताखबर
  ८ माघ २०७४, सोमबार १०:१८

जातीय छुवाछुत गर्ने काठमांडू स्वीचाटारकी जमुना भट्टराईलाई काठमांडू जिल्ला अदालतले ३ हजार जरिवाना गर्ने फैसला सुनाएको हो ।

प्रहरी वृत कालिमाटीले २०७१ चैत्र १६ गते जमुना भट्टराईलाई जातीय छुवाछुत गरेको आरोपमा पक्राउ गरेको थियो । यो मुद्दा नेपाल प्रहरीले चैत्र २० गते जातीय छुवाछुत गरेको अभियोगमा जिल्ला अदालत काठमांडूमा दर्ता गरेको थियो ।

जिल्ला अदालतका काठमांडूले भाद्र ८ गते जमुना भट्टराईलाइ जातीय छुवाछुत तथा कसुर सजाय एन बमोजिम ३ हजार जरिवाना हुने गरि सजाय तोकेको छ । उक्त फैसला न्यायाधिश उमेश कोईरालाको इजलाशबाट भएको हो ।

घरपेटी जमुना भट्टराईलाइ प्रहरी वृतले मुद्दा चलाउने सिलसिलामै ६ दिन प्रहरी हिरासतमा राखेको थियो । थुनछेक आदेशमा १ हजार धरौटीमा छुटेकि भट्टराई हाल फैसला हुदा ३ हजार जरिवाना गरेर सजाय सुनाएको हो ।

काठमांडू स्वीचाटारकि घरपेटी स्वास्थ्य स्वयमसेविका जमुना भट्टराईले २०७१ चैत्र १४ गते काठमांडू बसेर ःद्यद्यक् को तयारी गर्न लागेका लमजुंगका गणेश परियारलाइ कोठा भाडामा दिई २५ सय रुपैया समेत अग्रीम भाडा बापत लिई भोलि पल्ट जात सोधे पछी दलित हो भन्ने थाहा भए पश्चात कोठामा बस्न नमिल्ने भन्दै कोठा छाड्न दवाब दिएकि थिईन ।

परियारले उनकै साथी इसान चौलागाई, शान्तिका लागि शाझा अभियान लगायत दलित अधिकार कर्मीहरुको सहयोगमा २०७१ चैत्र १६ गते कालिमाटी प्रहरी वृतमा जाहेरी दरखास्त हालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *