चितवनमा आँखा बैंक स्थापनाको लागि बेलायतमा रहेका नेपालीबाटै सहयोग

समताखबर
  १० माघ २०७४, बुधबार ०७:२२

नेपाल नेत्रज्योति संघ चितवनले भरतपुर आँखा अस्पतालमा आँखा बैंक स्थापना गर्ने भएको छ ।

ट्रष्टको अगुवाईमा बेलायतमा रहेका नेपालीहरुको सहयोगले चितवनमा आँखा बैंक स्थापना गर्ने र केही वर्ष रेडक्रससँग सहकार्य गरेर भरतपुर अस्पतालको आकस्मिक कक्षमा आउने बेसाहारा बिरामीका लागि रगत र पानी सहयोग गर्दै छ ।

ट्रष्टका संस्थापक अध्यक्ष कपिल श्रेष्ठका अनुसार आँखा बैंक स्थापनाका लागि १० हजार पाउण्ड अर्थात करिब १४ लाख नेपाली रुपैँंया सहयोग गर्ने छ ।

बेलायतमा रहेका चितवनवासीले जिल्लामा विपत र सामाजिक क्षेत्रमा महत्वपूर्ण सहयोग पु¥याउँदै आएका छन् ।
सन् २००४ मा चितवन ‘एड ट्रस्ट युके’ नामक संस्था गठन गरी उनीहरुले जिल्लामा सहयोग थालेका हुन् ।

हालसम्म ११ लाख ४२ हजार ७१० संकलन भइसकेको रकम संघलाई हस्तान्तरण गर्ने सहमतिपत्रमा हस्ताक्षर भइसकेको छ ।

संघका कार्यबहाक अध्यक्ष कृष्णराज धरेललाई ट्रष्टका संस्थापक अध्यक्ष श्रेष्ठले हालसम्म संकलित रकम हस्तान्तरण गरिसकेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *