सुन्न र बोल्न नसक्ने शशिराज सपांग व्यक्ति भन्दा कम छैनन्

समताखबर
  ११ माघ २०७४, बिहीबार १४:५३

शशिराज डोटेल अपाङ्ग भए पनि छ जनाको परिवार चलाएका छन् ।

सुन्न र बोल्न नसके पनि आफूले गरेको तरकारी व्यवसाय सवलाङ्ग व्यक्तिले गरेको जस्तै छ ।

विगत १० वर्षदेखि चार रोपनी जग्गामा तरकारी खेती गर्दै आएका उनी जिल्लामै अगुवा कृषकका रुपमा परिचित छन् ।

उनको कृषि कार्य देख्ने जो कोही पनि दंग हुने गरेका छन् । कृषि पेशाप्रतिको मेहनत, लगाव र लगनशीलता फरक खालको छ ।

तरकारी लगाएर छोराछोरीको पढाइ खर्च र घरायसी खर्च चलाउने गरेका र यसको अलवा अहिले तीनवटा दुहुना भैँसी, ५०० कुखुरा र नौवटा बाख्रा पालेका छन् ।

दैनिक २० लिटर दूध बिक्री गर्ने उनकोे वार्षिक चार लाखसम्म आम्दानी छ ।

भित्री मनदेखि नै इच्छा शक्ति देखाएर काम ग¥यो भने कुनै पनि व्यवसायमा सफल हुने उदाहरण पात्र बनेका छन् शशिराज ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *