व्यावसायिक तालीम देशभरका १६ हजार युवालाई दिने

समताखबर
  ११ माघ २०७४, बिहीबार १६:०५

देशभरिका १६ हजार युवालाई व्यावसायिक तालीम दिने भएको छ ।

व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजनाले आर्थिकरुपमा विपन्न युवालाई परिचान गरी उपत्यकाका चार हजारसहित मुलुकका १६ हजार युवालाई व्यावसायिक तालीम दिईने छ ।

परियोजनाले १६ देखि ४० वर्ष उमेर समूहका युवालाई तीन महिनाको तालीम दिने र तालीमपश्चात सीप परीक्षण गरिने छ ।

इलेक्ट्रसियन, अटोमोबाइल, मोबाइल, भेटनरी, सिलाइकटाइ तथा व्यावसायिक कृषि तालीम प्रदान गर्ने सुजनराज खनालले बताए ।

सूचना निकालेर त्यस्ता समूहका युवालाई तालीमका लागि आह्वान गर्ने र आफूले चाहेको विषयमा तालीम लिनका लागि दरखास्त दिन सकिने छ ।

दरखास्त दिएकालाई गरिबी सूचांकको आधारमा समावेश गराइने तालीम यही फागुनदेखि सञ्चालन हुनेछ ।
एक जनाका लागि १८ हजार २०० देखि २२ हजार २०० सम्म खर्च हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *