दलितका पीडा बोकेको ‘तुवाँलो’को पोस्टर सार्वजनिक

समताखबर
  १७ माघ २०७४, बुधबार १३:१०

दीपक परियारद्वारा निर्देशित चलचित्र ‘तुवाँलो’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ। दलित समुदायका कथाव्यथाका साथमा वैदेशिक रोजगारीका पीडिालाई प्रस्तुत गरिएको ‘तुवाँलो’को मंगलबार पोस्टर सार्वजनिक भएको हो।

गिरीप्रसाद सुनारले निर्माण गरेको चलचित्र ‘तुवाँलो’मा शुशील क्षेत्री, पूजा पराजुली, रमेश आब्जु, सुरेन्द्र बराल, रष्मी भट्ट, गिरीप्रसाद सुनार लगायतका कलाकारको अभिनय रहेको छ।

नेपाली समाजमा दलित समुदायले भोग्नु परेको पीडा र समानताका लागि गरेको संघर्षलाई चलचित्रमा मुख्य रुपमा देखाइएको तुवालोको पोस्टरमा शुशीलको आक्रोश र पूजाको रोदनलाई प्रमुख रुपमा देखाइएको छ।

चलचित्रमा दीपक परियारको छायाँकन, रमेश आब्जुको कथा, गणेश छिताङ र गोपाल परियारारको द्वन्द्व रहेको छ।

चलचित्र केही समयमा नै सार्वजनिक प्रदर्शनमा आउने निर्माता सुनारले जानकारी दिए। नेपालखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *