आफैले धारा निर्माण गरिदिए,गाउँलेहरुले मन पराए

होम साउद, अछाम माघ २४

चौरपाटी गाउँपालिका ६ दुनीका तुले साउँदले सामाजिक सेवाको भावनाले आफ्नै खर्चमा धारा निर्माण गरि दिएका छन् । साउँदले डोटी र अछाम जिल्लाको सिमानामा पर्ने चौखुट्टे बजारमा सार्बजनिक धारा निर्माण गरि दिएका हुन् । चौखुट्टे बजारबाट दुनी जाँने बाटो सिमशैलीमा करिब ८० हजार रुपैयाँ खर्चेर खानेपानीको धारा निर्माण गरि दिएका हुन् ।

बाटो हिड्ने बटुवाहरुलाई र स्थानीय गाउँलेहरुलाई पानी पिउन सहज होस भनेर धारा निर्माण गरि दिएको साउँदले बताए ।
धारा निर्माण भएपछि स्थानीय र बटुवाहरुलाई सहज रुपमा पानी पिउन पाएको स्थानीय भानसिंह साउँदले बताए ।
धारा निर्माण गरिएपछि पानीको मुहान समेत संरक्षणमा भएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *