मानव अधिकार एलायन्सको पुनर्गठन

झलक पाली डोटी,माघ २८

डोटीमा मानव अधिकार एलायन्सको आइतबार पुनर्गठन गरिएको छ । एलायन्सका सदस्य डिलबहादुर सिंहको अध्यक्षतामा भएको एक भेलाले नयाँ कार्यसमिति अध्यक्षमा समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीका अध्यक्ष शेर बहादुर मल्ल चयन भएका छन् ।

यस अघि दीपक बहादुर सिंहको अध्यक्षतामा गठित एलायन्स लामो समयदेखि निष्क्रिय भएपछि पुनर्गठन गरिएको हो । जिल्लामा मानव अधिकारका क्षेत्रमा सहकार्य गर्ने उद्धेश्यले जिल्लामा क्रियाशील सामाजिक संघ÷सँस्थाहरु संलग्न रहने गरी एलायन्स गठन गरिएको छ ।

एलायन्सको उपाध्यक्षमा निड्स डोटीका यशोदा शाह, सचिवमा दलित महिला संघ डोटीका मिना आउजी, सहसचिवमा समाज सेवा डोटीका नविन श्रेष्ठ र कोषाध्यक्षमा एकल महिला समूह डोटीका दीपा श्रेष्ठ रहेका छन् ।

जम्मा १४ सदस्यीय एलायन्समा सदस्य संख्या थप्न सकिने गरि पुनर्गठन भएको हो । त्यस्तै भेलाबाटै मानव अधिकार एलायन्सको ५ सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ ।

समितिको संयोजकमा अधिवक्ता मेरिना श्रेष्ठ रहेकी छन् भने सदस्यमा अधिवक्ता शंकरदीप मडै, शशी सोव, सिता रायमाझी र पत्रकार रामहरी ओझा रहेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *