डोटीमा दोस्रो प्रादेशिक महोत्सव सुरु

डोटी,माघ २८

डोटीमा दोस्रो प्रादेशिक महोत्सव आइतबारदेखि सुरु भएको छ । कृर्षि, पर्यटन, उद्योग, व्यापारको पुर्वाधार, ७ नम्वर प्रदेशको मुल आधार भन्ने  मूल नारासहित डोटी दिपायलमा महोत्सब सुरु भएको हो ।

डोटी उद्योग वाणिज्य संघको आयोजनामा दोस्रो प्रादेशिक महोत्सव सुरु भएको हो । सुदुरपश्चिमका घरेलु उत्पादनमा प्रबद्र्धन, पर्यटकिय क्षेत्रको विकासका लागि प्रचार प्रसार र विकास गर्ने उदेश्यका साथ दोस्रो प्रादेशिक महोत्सव सुरु गरिएको आयोजकले जनाएको छ ।

महोत्सव १० दिन संचालन हुने छ । महोत्सवमा छलिया, हुड्क्यौलि, देउडा, पञ्चेवाजा, धुमारी, गौरा, रनपुतला, सखिया, होलिजस्ता प्रदेश नम्वर ७ का विभिन्न कला संस्कृतिहरु झाँकीसहित प्रस्तुत हुनेछन् । १० दिनसम्म विभिन्न चर्चित कलाकारहरुको प्रस्तुति रहने बताईएको छ ।

उक्त महोत्सवमा विशेष गरि खाने परिकारहरुमा डोटीको भाडो भात, जोरायली बासमति, माडा, गतानी डुप्का रहनेछन् । दर्शक तथा पाहुनाहरुको मुख्य आकर्षण र मनोरञ्जनका लागि सेती नदिमा ¥याप्ट्ङि र रमाईलो मेला रहने उधोग बाणिज्य संघ डोटीका अध्यक्ष नरेन्द्र खड्काले बताए ।

महोत्सव संचालनमा करिब ७० लाख रुपैया खर्च हुने र दश दिनमा २ करोडको व्यापार हुने अनुमान गरिएको उद्योग बाणिज्य संघ डोटीका अध्यक्ष खड्काले बताए ।

यसअघि उद्योग बाणिज्य संघकी केन्द्रीय अध्यक्ष भवानी राणाले उद्धघाटन गर्ने चर्चा भए पनि सम्भव नभएपछि डोटीमा रहेका दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाका नगरप्रमुख द्वय मन्जु मलासी र सीताराम जोशीले संयुक्त रुपमा उद्धघाटन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *