पपमुना मावि डाक्टर देखि नेपाल टपर विद्यार्थि जन्माउन सफल

गणेश मौनी,डोटी फागुन १

पदम शमशेर राणाले २००४ सालमा जिल्ला सदरमुकाम सिलगढीमा स्थापना गरेको श्री पद्म पाब्लक मुक्ती नारायण माध्यामीक विद्यालयले नेपाल सरकारका विशिष्ठ श्रेणीका कर्मचारी देखि नेपाल टपर विद्यार्थि जन्माएको छ ।

प्रदेश नम्बर ७ को पहिलो सामुदायीक विद्यालयको रुपमा स्थापना भएको पपमुना बाट अध्ययन गरेका दर्जनौ विद्यार्थिहरु निजामति सेवामा विशिष्ठ श्रेणी, प्रथम श्रेणीमा पुग्नुका साथै नेपाल टपर भित्र पनि आफ्नो पहिचान दिन सफल भएका छन्।

जिल्ला सदरमुकामको विच केन्द्रमा श्रोत कक्षा देखि १२ सम्म संचालनमा रहेको सो विद्यालयमा हाल ५ सय २१ छात्रा र ४ सय ६४ छात्र अध्यननरत रहेका छन् । गत वर्ष मात्र सोही विद्यालयबाट अध्ययन गरी २०७३ सालको एस ई ई परिक्षामा सहभागि भई जि.पी.ए. ए गे्रट ३.४५ अंक पाप्त गर्न सफल दिपायल सिलगढी नगरपालीका वडा नम्बर ६ का छात्र सुवास खड्काले २०७४ सालमा प्राविधिक शिक्षा तथा ब्यवसायीक परिषद तालिमले लिएको ओभरसियरको प्रवेश परिक्षामा ९७ अंक प्राप्त गरि नेपाल टपर भएका थिए ।

खड्का एक प्रतिनिधी पात्र हुन जुन पपमुना माविले उत्पादन गरेका हजारौ विद्यार्थिहरु देशका विभिन्न पद सचिव, उप सचिव, डांक्टर लगायत पेशा र ब्यवसायका विभिन्न ओहदामा रहेका पाईन्छन् ।

७ नम्बर प्रदेशको सबै भन्दा पुरानो विद्यालय विभिन्न समस्याका बाबजुत पनि विद्यालयले आफ्नो शैक्षिक गुणस्तरमा निरन्तरता दिईरहेको विद्यालयका प्राचार्य गिता जोशीले बताईन । उनले भनिन अहिलेको परिवर्तीत र प्रतिसप्रधाको समयमा गुणस्तरिय शिक्षा प्रदान गर्न चुनौति रहेको समयमा सबैको सहयोग र सतभावले चरित्रवान र लगनशिल विद्यार्थि उत्पादनमा सहयोग पुगेको बताईन् ।

विद्यालयले आज एक समारोहका विचमा ७० औं वार्षिक उत्सव तथा छात्रबृति समारोह कार्यक्रम डोटी बहुमुखि क्याम्पस डोटीको सभाहलमा सम्पन्न गरेको छ । समारोहको अवसरमा आधारभुत तहमा अध्ययनरत विद्यार्थिहरु देखि माध्यामीक तह सम्म अध्ययन गर्ने १ सय जना छात्र छात्राहरुलाई रु ५ सय देखि ५ हजार सम्मको छात्रबृति प्रदान गरिएको र केही विद्यार्थि अभिभावकहरुलाई सम्मान गरिएको सोही विद्यालयका शिक्षक हिक्मत कुमार शाहील्े बताए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सन्तोष बोहराको सभापतित्वमा

संचालन भएको कार्यक्रममा प्रमुख अथिति दिपायल सिलगढी नगरपालिकाका प्रमुख मंजु मलासि रहेकी थिइन् । कार्यक्रममा बोल्दै प्रमुख अथिती मलासिले सर्वसुलभ र गुणस्तरिय शिक्षा प्राप्त गर्नु सबै नागरिकको नैसर्गिक अधिकार भएकाले कसैलाई पनि शिक्षा बाट बन्जीत हुन नदिने बताईन् ।

उनले भनिन् पपमुना प्रदेश नम्बर ७ को पहिलो सामुदायीक विद्यालय भएकाले यसलाई यस क्षेत्रको नमुना विद्यालयको रुपमा परिचित गराउन आवश्यक रहेको र आफुले पनि सहयोगगर्ने बताईन् । कार्यक्रममा बोल्ने अधिकाश सहभागिहरुले विद्यालयमा प्राविधीक धारका विषयहरु संचालन गनुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख प्रतिनिधी, डोटी बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख कृष्ण बहादुर कठायत, पुर्व नगर प्रमुख पुर्ण राज जोशी अन्य समाजसेवि, पत्रकार, अभिभावहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सोही विद्यालयका शिक्षक केशवराज ओझाले गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *