साबुन पानीले हात धुन सिक्दै राउटे

हिक्मत नेपाली, दैलेख फगुन,४

नेपालको लोपउन्मुख राउटे सामुदायलाई साबुन पानीले हात धुन सिकाउने अभियानको थालनी गरिएको छ । राउटे जातिको संस्कृति, भाषा र रहन सहन जोगाउनुका साथै समूदायका बालबालिहरुलाई विद्यालय पठाउनु पर्ने र उनीहरुलाई अन्य समुदाय संग घुललिम हुने बातावरण बनाउने पर्ने बहस चलाइरहेका बेला उनीहरुलाई स्वास्थ्यमा सजग बनाउनका लागि यस्तो अभियानको थालनी गरिएको हो ।

आफ्नो परम्परागत सोचमा अहिलेसम्म राउटे समुदाय परिवर्तन हुन नसकेको बहस चलिरहेका बेला सावुन पानीले हात धुन सिकाउनुका साथै उनिहरुलाई अन्य समुदाय संग घुलमिल गसराउने अभियानको सुरुवात गरिएको हो । परम्परागत सोच र मान्यतामा राउटे समुदाय अडिग रहेका राउटेलाई पहिलो पटक ऐनामा आफ्नो अनुहाल समेत हेरेका छन् ।

दैलेख जिल्लाको भैरवीगाउँपालिकाको वडा नं। २ मा बसोबास गर्दै आएको राउटे समुदायलाई सावुन पानीले हात धुन सिकाउनुका साथै उनिहरुले पहिलो पटक ऐनामा आफ्नो अनुहार देखेका छन् । पहिलो पटक आफ्नो अनुहार ऐनामा देख्दा अचम्म लागेको राउटे युवाले प्रतिक्रीया दिए ।

आफूलाई जंगलको राजा सम्झिने, एउटै स्थानमा धेरै समय बस्न नरुचाउने राउटे समुदाय एसियाकै फिरन्ते जाति हो । जंगलमै वास बस्ने यो समुदाय दैलेखका विभिन्न जंगलमा लामो समयसम्म बस्ने गरेका छन् । यो समुदायका महिलाले अहिले पनि खाम्ची भाषा नै बोल्ने गर्छन् । पुरुषहरू नेपाली भाषा पनि बोल्छन् । पैसा वा अन्न सित सामान साट्ने राउटे समुदायको पुरानै चलन छ । जंगलमा पाइने कुकाठबाट निर्माण गरिएका कोसी र मधुसहरु हेर्न लाएक हुन्छ । निर्माण गरिएका सामानहरु उनिहरु बसेको बास स्थानको नजिकका गाउँहरुमा अन्न सित साट्छन् भने कोहि जिल्ला सदरमुकाम सम्म आएर विक्री गर्छन् ।

राउटे समुदायमा बच्चा जन्मिने बित्तिकै सरकारले व्यक्ति पिच्छे भत्ता दिन्छ । त्यसैले सुत्केरी महिलालाई हुने स्याहार बढेको छ । वर्षैपिच्छे बच्चा जन्माउने प्रचलन बढेको छ, भत्ताका लागि । राउटे समुदायका मानिस हरसमय जाँड पिउँछन् । आफैँले बनाएको जाँड उनीहरूको राम्रो आहार हो । कोदोको जाँडले शरीरमा तागत दिने उनीहरूमा विश्वास छ । राउटे बस्तीमा अहिले तीनथरी समुदाय छन् ।

ठकुरी समुदायका कल्याल, रास्कोटी र स्ववंशी । यिनीहरू एक वंशले अर्को वंशको छोरी बिहे गर्ने चलन छ । चलन अनुसार उमेर पुग्ने केटा वा केटीको जोडी अर्को समुदायसँग नहुने समस्याले युवा र युवतीहरू छिप्पिँदो उमेरसम्म बिहे गर्न पाउँदैनन् । जसले गर्दा धेरै उमेर भएका केटासित कम उमेरको केटी वा धेरै उमेर भएको केटीसँग कम उमेरको केटाले बिहे गर्नुपर्ने बाध्यता देखिन थालेको छ ।

विधवा महिलालाई यो समुदायले हेलाको दृष्टिले हेर्छ । नयाँ कामका लागि बस्ती बाहिर निस्किँदा साइत नपर्ने भन्दै विधवा महिलाका लागि ढोका नै फरक राखिएको छ । अशुभ मानेर एकल महिलाप्रति दुव्र्यवहार गर्दा राउटे एकल महिलाको जीवन झन् कष्टकर बनेको देखिन्छ ।

समुदायका केही युवा वा युवतीले परिवर्तनको आँट गरेर मात्र परिवर्तन सम्भव देखिन थालेको छ । अहिले समुदायमा लुकिछिपी मोबाइल चलाउने गरेका छन् । यसकारण बस्तीमा भएको तत्कालको समस्या पत्ता लगाउन सजिलो भएको छ । स्वास्थ्य उपचारमा ख्यालै नगर्ने समुदायका युवा चार महिनासम्म काठमाडौं अस्पतालमा बसेर उपचार गराउन थालेका छन् । समुदायको परिवर्तनको एउटा यो संकेत हो । रोग लागेर मरिन्छ, त्यसैले वेलैमा उपचार गर्नुपर्छ भन्ने सोच समुदायमा विस्तार भएको छ । राउटे समुदायलाई सावुन पानीले हात धुन सिकाउनुका साथै उनिहरुको व्यवहार परिवर्तनका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायहरु लागि परेका छन् ।

राउटु समुदायलाई स्वास्थ्यका विषयमा जानकारी गराउन जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापा, नित्तिम जिल्ला समन्वय अधिकारी पदम सापकोटा, ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना, सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेख, एभरेष्ट क्लब दैलेख र स्थानीय विकास कोषको टोली राउटे बस्तीमा पुगेको थियो ।

जिल्ला समन्वय समिति दैलेखको आयोजना तथा ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना, सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेख, एभरेष्ट क्लब दैलेख र स्थानीय विकास कोषको सयुक्त समन्वयमा उक्त टोली राउटे बस्तीमा पुगेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *