
मानव बेचबिखन तथा लैगिंक हिंसा अन्त्यका लागि कार्यरत संस्था चेली नेपालले आफ्नो संरक्षणमा रहेकी चेलीको वैवाहिक कार्यक्रम सम्पन्न गरेको छ ।
चेली नेपालको भरतपुर चितवनस्थित तालिम केन्द्रमा तालिम पश्चात व्यवसाय गरिरहेकी शिला९परिवर्तित नाम० को एक कार्यक्रमका बिच विवाह गरिदिएको हो ।
हिंसा प्रभावित र संभावित चेलीहरुका लागी सिपमूलक तालिम र तालिम पश्चात व्यवसाय सहित पुनस्र्थापनाको काम गर्दै आएको चेली नेपालले पहिलो पटक यस्तो कार्यक्रमको आयोजना गरेको बताएको छ ।
अभिभावकत्वको अभावमा बेचबिखनका साथै हिंसाको शिकार हुने गरेका चेलीहरु पुनस्र्थापना पश्चात पनि पुन हिंसामा पर्ने गरेकाले चेली नेपालले वैवाहिक पुनस्र्थापनाको कार्यक्रम सुरु गरेको संस्थाका कार्यक्रम निर्देशक सुरेन्द्र प्रसाद चापागाईले जानकारी दिए ।
प्रभावित चेलीहरुको दिगो पुनस्र्थापनाका लागि वैवाहिक पुनस्र्थापना उचित र दिर्घकालिन विकल्प भएको उनले जानकारी दिए ।
सिपमूलक व्यवसाय पश्चात व्यवसाय संचालन गरिरहेकी चेली शिलाको विवाहका केटा पक्षसँग चेली नेपालले अभिभावकका रुपमा भेटघाट गर्ने र विवाहको चाँजोपाँचो मिलाउने काम गरेको हो ।
विवाह पश्चात पनि हाम्रा चेलीहरुले विवाह पहिले जस्तै आफ्नो व्यवसायलाई संचालन गर्न सकुन् भनेर केटा पक्षसँग कुराकानी गरेपश्चात मात्र विवाह तय गरिएको चापागाँईले जानकारी दिए । ‘विवाह पश्चात जीवन साथीबाट व्यवसाय संचालनमा सहयोग होस् भन्नका लागि कुराकानी गर्ने क्रममा नै हामीले हाम्रा नानी र उनले गरिरहेको व्यवसायको बिषयमा जानकारी दिएका थियौ’ चापागाँइले भने ।
महिला हिंसा न्युनिकरणका लागि महिलालाई आर्थिक रुपमा सक्षम र आत्मनिर्भर बनाउनु पहिलो कदम भएकाले वैवाहिक पुनस्र्थापना र विवाह पश्चात व्यवसायलाई निरन्तरता दिने वातावरण बनाउनका लागि संस्थाले पहल गरिरहेको उनले जानकारी दिए ।
चेली नेपालको भरतपुरस्थित तालिम केन्द्रमा तालिम पश्चात ३८ जना चेलीहरुले देशका विभिन्न जिल्लामा व्यवसाय संचालन गरिरहेका छन् । संस्थामा अहिले १४ जना चेलीहरुले सिपमुलक तालिम लिईरहेका छन् । महिला खबर बाट साभार
Leave a Reply