वीरमा डाइलासिस मेसिन दोब्बर थपिने

काठमाडौं, फागुन ८

वीर अस्पतालको मिर्गौला उपचार विभागमा डाइलासिस मेसिन दोब्बर थपिने भएको छ । मिर्गौलाका विरामीलाई डाइलासिस सेवा दिन अहिले वीरमा १० वटा डाइलासिस मेसिनमात्र सञ्चालनमा छन् । रोटरी क्लवले वीर अस्पताललाई ९ वटा थप डाइलासिस मेसिन प्रदान गरेपछि वीरमा डाइलासिस मेसिन दोब्बर हुनेभएको हो ।

वरिष्ठ नेफ्रोलोजिस्ट एवं विभागकी प्रमुख डा।रजनी हाडाले चाडै ती मेसिन जडान गरेर सेवा बिस्तार गर्न लागिएको बताइन । वीरामीको चापको तुलनामा मेसिन नभएकाले विरामीलाई ४ पटक डाइलासिस गराएर अन्त रिफर गर्नु परिरहेको उनले बताइन ।

निकट भविश्यमा आईसियू, एचआईभी र हेपाटाइटिस बी र सीका विरामीका लागि छुट्टा छुट्टै मेसिन जडान हुने जानकारी हाडाले दिइन । वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पनि सञ्चालन छ । भौतिक सुधिवा र जनशक्ति अभावमा माग अनुसार प्रत्यारोपण गर्न सकिएको छैन । डा। हाडाका अनुसार वीरले सन् २००८ डिसेम्बर १२ देखि १३५ को मिर्गौला प्रत्यारोपण गरिसकेको छ । हेल्थ टुडेबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *