मानब बेचबिखन मुक्त प्रदेश बनाउने मूख्यमन्त्री भट्टको घोषणा

कंचनपुर,फागुन १२

प्रदेश नं.७ का मूख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशलाई मानब बेचबिखन मुक्त बनाउने घोषणा गरेका छन् । माईती नेपालको २५ औं बार्षिकोत्सबको अवसरमा मानब बेचबिखन बिरुद्ध देशब्यापी रुपमा चेतना फैलाउने उदेश्य सहित मेची महाकाली अभियान शनिबारदेखी कंचनपुरबाट सुरु गरिएको छ ।

कंचनपुरको महेन्द्रनगरमा अभियानको उद्धघाटन गर्दै प्रदेश नं.७ का मूख्यमन्त्री भट्टले प्रदेशलाई मानब बेचबिखन मुक्त बनाउने बताएका हुन् । प्रदेश सरकारले मानब बेचबिखन बिरुद्ध कडा कानुन बनाउने उनले बताए । सरकारले कानुन बनाएर मात्र यस्ता अपराध नियन्त्रण नहुने बताउँदै भट्टले कानुन कार्यान्वयन गर्न कर्मचारी प्रशासन र आम जनताहरु पनि सचेत हुनु पर्ने बताए ।

मूख्यमन्त्री भट्टले खुला सिमानाका कारण मानब बेचबिखनका घटना बढ्दै गईरहेकाले त्यसलाई न्यूनिकरण गर्न केन्द्र सरकारसंग समन्वय गरेर हेल्प डेस्कको स्थापना गर्ने बताए । महाकालीदेखी मेचीसम्मका सात ठाउँमा जनचेतना सम्बन्धि कार्यक्रम गरिने अभियानको नारा हामी सबैको जिम्मेवारी मानब बेचबिखनका बिरुद्ध गरौं खबरदारी भन्ने रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *