नगरपालिकाले ग¥यो आयोडिनयुक्त नुन वितरण

झलक पाली डोटी,फाल्गुन १४

डोटीको दिपायल सिलगढी नगरपालिकाले आज एक सय ६८ घरपरिवारलाई प्रति घरपरिवार दुइ किलोका दरले आयोडिनयुक्त नुन वितरण गरेको छ । नगरपालिकाको वडा नं. ९ को निकै दुर्गम क्षेत्र मछेन्तोलाका सबै घरपरिवारलाई नगरपालिकाको एक टोलीले गाउँमै पुगेर आयोडिनयुक्त नुन वितरण गरेको हो ।

विश्वका अधिकांश देशहरुमा प्रयाप्त आयोडिनको कमिका कारण आउने समस्या न्यूनिकरणका लागि आयोडिनयुक्त नुनको प्रयोगबारे सचेतना फैलाउने उद्धेश्यले गाउँमै पुगेर आयोडिन नुन वितरण गरिएको दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीले बताईन् ।

विगतका वर्षहरुझैं नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्र्तगत बाल स्वास्थ्य महाशाखाको योजना बमोजिम सन् २०१८ को फेब्रुअरी महिनालाई ‘आयोडिनको कमीले हुने विकृतिहरु सम्बन्धी जनचेतना जगाउने महिना’ का रुपमा मनाउने क्रममा गाउँमै पुगी दुइ बालबालिकाको चिन्ह भएको आयोडिनयुक्त नुन वितरण गरिएको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताए ।

नगरपालिकाको वडा नं. ९ का अध्यक्ष धर्मबहादुर साउँदको अध्यक्षतामा आयोजित आयोडिन नुन सम्बन्धी सचेतनामूलक कार्यक्रम तथा नुन वितरण कार्यक्रममा नगरपालिका अन्र्तगत स्वास्थ्य इकाई सह–संयोजक राजु खड्काले आयोडिन नुनको महत्व, प्रयोग गर्ने तरिका र प्रयोग नगर्दा हुने समस्या बारेमा स्थानीयबासीलाई जानकारी गराएकी थिईन् । कार्यक्रममा बोल्दै वडा अध्यक्ष साउँदले मछेन्तोलामा जतिसक्दो चाँडो गाउँघर क्लिनिक सञ्चालनमा ल्याउने र वडाबाट स्वास्थ्य लगाएत अन्य सबै क्षेत्रमा हुनसक्ने सहयोगका लागि प्रतिवद्धता जनाए ।

साविकको बग्लेक गाउँ विकास समितिमा रहेको मछेन्तोला स्थानीय तहको संरचनामा दिपायल सिलगढीमा गाँभिएको हो । तर सो क्षेत्रको सामाजिक, आर्थिक, शैक्षिक अवस्था र विकासको अवस्थालाई हेर्ने हो भने निकै दयनीय रहेको छ ।
आयोडिनयुक्त नुन विरतरण कार्यक्रममा नगरको वडा नं. ९ का सचिव लोकेन्द्रराज जोशी, नगर शिक्षा इकाइ प्रतिनिधी एवं श्रोत व्यक्ती राधा थापा लगाएतको सहभागिता रहेको थियो ।

डोटीका अधिकांश ग्रामिण भेगका मानिसले अँझै पनि ढिके नुनको प्रयोग गर्ने गरेको पाईन्छ । ढिके नुन प्रति किलो १२ रुपैयाँ पर्ने र आयोडिनयुक्त नुन त्यसको दोब्बरभन्दा बढी अर्थात २५ रुपैंया पर्ने भएकाले आफुहरुले ढिके नुनको प्रयोग गर्दै आएको स्थानीय बताउँछन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *