मूख्यमन्त्री पुगे राना थारूको घरमा (फोटो फिचर)

डोटी फगुन,१५

प्रदेश नं ७ का मूख्यमन्त्री त्रिलोचन भट्ट कंचनपुर जिल्लास्थित लालझाडी गाउँपालिकाको राना थारूको बस्तिमा पुगेका छन् । मूख्यमन्त्री भट्ट रानाथारू समुदायको घरमा पुगेर थारु अगुवाहरुसंग राना थारू समुदायको भाषा, सस्कृतिको संरक्षणका लागि छलफल समेत गरेका छन् ।

पहिलो पटक रानाथारु समुदायको पुगेका भट्टले आफू सात नं प्रदेशको सबै जात,जातीहरुको प्रतिनिधित्व भएको बताए । छलफलसंगै मूख्यमन्त्री भट्टले रानाथारु समुदायसंगै बसेर खाना पनि खाएका छन् ।

लालझाडी गाउपालिकाले भानु माविमा बिहान १० बजे आयोजना गरेको होली मिलन बृहत सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथिको रूपमा मूख्यमन्त्री भट्ट लालझाडी गाउपालिका पुग्नु भएको हो ।

होली मिलन बृहत सांस्कृतिक कार्यक्रमको उद्घाटन गदैॅ मूख्यमन्त्री भट्टले रानाथारू समुदायको भेषभुषा,भाषा र संस्कृतिको यस प्रदेशकै अमूल्य रहेको र यसको संरक्षणका लागि रानाथारू समुदायनै सकृय भइ लाग्नु पर्ने र त्यसका लागि प्रदेश सरकार जुनसुकै सहयोग गर्नतयार रहेको प्रतिबद्दता जनाएका छन् ।

रानाथारू समुदायको उल्लेख्य बसोबास रहेको लालझाडीमा ब्यबस्थित बसोबास,कटान नियन्त्रण र काठ उपलब्धका लागि पहल गर्ने बताए । रानाथारू समुदायको घरमा गएर रानाथारू समुदायका वृद्धवृद्धा र युवाहरूसंग छलफल समेत गरेका थिए ।

मूख्यमन्त्री भट्टलाई पुर्नवास नगरपालिका र लालझाडी गाउपालिकाका मेयर,उपमेयर,गाउपालिकाका अध्यक्ष,उपाध्यक्ष र स्थानीय सर्बसाधारणहरुले ठाउठाउमा प्रबेशद्धार बनाएर भब्य स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *