छाउपडीप्रथा बिरुद्ध जागरण चलाउँदै बिद्यार्थी नेता

समताखबर
  १८ माघ २०७४, बिहीबार १३:४८

छाउपडी प्रथा अन्त्यका लागि जागरण अभियान संचालन गर्न भन्दै संयुक्त बिद्यार्थी संगठनका केन्द्रीय नेताहरु अछाम पुगेका छन् । महिलाहरुलाई महिनावारी हुँदा घरभन्दा अलगै गोठमा कुसंस्कारका कारण किशोरी तथा महिलाले अकालमै ज्यान गुमाउनु परेको भन्दै जागरण अभियान संचालन गर्न अछाम पुगेको संयुक्त बिद्यार्थी संगठनले जनाएको छ ।

जागरण अभियान अन्र्तगत अखिल नेपाल राष्टिय स्वतन्त्र बिद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष नबिना लामा,नेपाल बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष पुष्प शाही र अखिल नेपाल राष्टिय स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष बिजय गौतम बुधबार अछाम पुगेका हुन् ।

सदरमुकाम मंगलसेनमा सर्बदलित,सर्बपक्षिय भेलाको आयोजना गरेर अन्र्तक्रिया कार्यक्रम गरी छाउपडी प्रथा अन्त्य गर्नका लागि राय सुझाब संकलन गरेका छन् । संकलित सुझाबकै आधारमा संयुक्त बिद्यार्थी संगठनले प्रतिबेदन तयार पारी सरकारलाई दवाव दिन प्रतिबेदन बुझाउने बताईएको छ ।

अनेरास्ववियूका केन्द्रिय अध्यक्ष नविना लामाले निरंकुशताको रुपमा रहेको छाउपडी कुप्रथाको दमनका लागि बिद्यार्थि संगठन जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको बताउदै नेपाली जनताकी छोरी राष्टपती, सभामुख र प्रधानन्यायधिस भईसकेको नेपाल जस्तो देशमा तमाम महिला तथा किसोरीहरु महिनाबारी भएकै कारण पशु सरह गोठमा बसेर ज्याँन गुमाउनुपर्ने अवस्था आउनु दुःखद भएको बताईन् ।  यस्तो जर्जर अवस्थाको मुक्ति र महिला अधिकारको सुनिश्चित गर्न तथा कुरिती रहित समाज बनाउनका लागि नेविसंघ, नेरास्ववियू र अखिल क्रान्तिकारी बिशेष अभियान लिएर अघि बढेको  समेत अध्यक्ष  लामाले बताईन् ।

नेविसंघ अछामका सचिव बम बहादुर स्वारको अध्यक्षतामा भएको अन्र्तक्रियामा नेविसंघका केन्द्रिय उपाध्यक्ष पुष्पकुमार शाहीले धर्मका नाममा हुने कुसंस्कार कुरिती बिरुद्ध सबै पक्ष एकजुट हुनुपर्ने बताए । यस्तै अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष बिजय गौतम सामाजिक चेतनालाई नेतृत्व सहित सबैले अघि बढाएर कुरिती अन्त्यका लागि अरुमाथि दोष थुपार्नु भन्दा सबैले आफैबाट सुरु गर्नुपर्ने बताए  ।

कार्यक्रममा एमालेका जिल्ला सचिवालय सदस्य चन्द्र बोहरा, काँग्रेस अछामका उपसभापती चन्द्रप्रसाद ढुंगाना, माओवादी केन्द्रका महाँदीवेशन आयोजक कमिटी सदस्य गोबिन्द साउद, मंगलसेन नगर उपप्ररमुख सरिता उपाध्याय, रामारोशन गाउँपालिका उपाध्याक्ष सरस्वती रावल, साँफेबगर नगरप्रमुख कुल बहादुर कुवर, निमित्त प्रमुख जिल्ला अधिकारी तुल बहादुर काउचा, महिला विकास कार्यालयका निमित्त प्रमुख मञ्जु महतले सुझाव सहितको मन्त्ब्य राखेका थिए ।

कार्यक्रममा सहभागीहरु र अतिथी तथा सरोकारवालाहरु बिच छाउपडी कुप्रथाका बिषयमा दोहोरो अन्र्तक्रिया समेत गरिएको थियो । अनेरास्ववियू अछामका अध्यक्ष तिलक ठकुल्लाले स्वागत मन्तब्य राख्नुभएको अन्र्तक्रिया कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष गम्भिर साउदले गर्नुभएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *