सूर्य बिरही साउँदको ‘टालाटुली बाटुली नाच मेरी पुतली’ बजारमा (भिडियो)

समताखबर
  २४ माघ २०७४, बुधबार १३:०३

नेपाली लोक गायन क्षेत्रमा स्थापित हुदै आएका चर्चित गायक सूर्यबिरही साउँद र रश्मी रिजालद्धारा स्वरवद्ध र अराज केशब काे ¥याफ गीतको भिडियो आज बजारमा आएको छ । ‘टालाटुली बाटुली नाच मेरी पुतली’ बोलको फरक शैलीको म्युजिक भिडियो बुधबार दिउसो सार्बजनिक गरिएको हो ।

सुदूर तथा मध्य पश्चिमको थेगोलाई समाबेश गरि पहिलो पटक तयार पारिएको फरक शैलीको देउडा फयूजन डान्सिङ गीत बजारमा आएको हो । सुदूर तथा मध्य पश्चिममा बालबालिकाहरु बालपनका बेला दौतरीहरुसंग कपडाका सानासाना कपडाहरु बटुलेर पुतली बनाई रमाईलोगरी खेल खेल्ने चलन छ ।

काठमाडौंको त्रिभुवन पार्क र भद्रकालीमा छाँयाङ्कन गरिएको सो म्युजिक भिडियो बसि बियालो म्युजिक प्रा.लि.अनामनगरले  बजारमा ल्याएको हो । ‘गायक सूर्य बिरही साउँद समता अनलाइनसँग प्रतिक्रिया दिँदै सुदूर तथा मध्य पश्चिमको मौलिक शब्दमा तयार पारिएको यस गीतले आफ्नो फरक चिनारी बनाउने आशा समेत व्यक्त गरे । यस गीतका शब्द तथा सङ्गीतकार समेत सूर्य बिरही साउँद हुन् ।

बिक्रम चौहानको निर्देशनमा ‘टालाटुली बाटुली नाच मेरी पुतली’ म्युजिक भिडियोमा शेर साउँद,करिश्मा ढकाल र करन साउँदले अभिनय गरेका छन् । समता अनलाइनसँगको कुराकानीमा गायक साउँदले म्युजिक भिडियो राम्रो बन्नुमा प्रकाश खड्काको क्यामरा र मिलन बि.क.को सम्पादन कुशलताको समेत प्रशंसा गरे ।

सूर्य बिरही साउँदले यस अघि “सुदूरको चेलो म त”,“म त भैशी गोठालो”, “बाध्यताले पठाउँन लाग्यो परदेश” “नरो मेरी सुवा”,“प्रिति फूल सारी दे”,“बिन्ति शैलेश्वरी”,“बन्मारा बनै भरि छ”,“तेरो मेरो माया बबालि”,“जन्मभुमिको माया”,“यो लोटाउनु राँगो” लगायतका दर्जनौ चर्चित गीत बजारमा ल्याई सकेका छन् । उक्त गितहरु युट्युबमा सबै भन्दा बढी सस्काईब हुनुका साथै स्रोता तथा दर्शकहरुहरुले अत्यधिक मन पराएका छन् । सूर्य बिरही साउँद,तिलक ओली,योगेश बुढाको रचना रहेको गीतको संगित सूर्य बिरही साउँदको रहेको छ । संगित संयोजन बिनोद बाजुरालीले गरेका हुन् ।

भिडियो हेर्नलाई तलको लिंक हेनुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *