
प्रदेश नं. ७ को पुरानो क्याम्पस डोटी बहुमुखि क्याम्पसले स्नातक तहको बन बिज्ञान र कम्यूटर साईन्स बिषयको प्राबिधिक शिक्षा सञ्चालनका लागि चैत ४ गतदेखीे शैलेश्वरी धार्मिक महोत्सव आयोजना गर्ने भएको छ ।
महोत्सव आयोजक समितिको बैठकले आगामी चैत ४ गतेदेखि ११ गतेसम्म धार्मिक महोत्सवको आयोजना गर्ने तयारी गरेको हो ।
गत वर्ष महोत्सव सञ्चालन गर्ने निर्णय भएता पनि हुन सकेको थिएन । महोत्सव आयोजनाका लागि पूर्णराज जोशीको संयोजकत्वमा समिति समेत गठन गरिएको थियो ।
उक्त समितिको निर्णय अनुसार आगामी चैत ४ गतेबाट महोत्सव सञ्चालन गर्ने र त्यसको आवश्यक तयारीका लागि विभिन्न उप–समितिहरु पनि गठन गरीएको डोटी बहुमुखि क्याम्पसका क्याम्पस प्रमूख कृष्ण बहादुर कठायतले जानकारी दिए । महोत्सवका लागि तयारी तिव्र पारिएको उनले बताए ।
महोत्सवका लागि मूर्ति बनाउने, निमन्त्रणा कार्ड छाप्ने लगायतका आवश्यक सबै तयारी भैरहेको उनले जानकारी दिए ।
महोत्सबमा योग सिबिर, १०८ शालिग्राम पुजन, पाठ परायण, रुद्रि र भजन किर्तन लगायतका कार्यक्रमहरु रहने छन् । महोत्सवमा भक्तजनहरुले तुला दान, भूमिदान, गौदान र अन्नदान गर्न सक्नेछन् ।
विश्वमा विज्ञानको आविष्कारसँगै पछिल्लो समयमा प्राविधिक शिक्षाको माग बढीरहेका बेला डोटी जिल्लाभित्रका विद्यार्थिहरुलाइ जिल्लामै प्राविधिक शिक्षाको व्यवस्था गर्न आर्थिक रकम संकलन गर्ने उदेश्यले धार्मिक महोत्सव गर्न लागिएको क्याम्पस प्रमूख कठायतले बताए ।
Leave a Reply