प्रादेशिक महोत्सवको पूर्व सन्ध्यामा कलश यात्रा

समताखबर
  २७ माघ २०७४, शनिबार १२:५४

कलश यात्राका क्रममा शैलेश्वरी मन्दिरमा उद्योग वाणिज्य संघको टिम 

माघ २८ गते अर्थात भोलिदेखी आगामी फागुन ९ गतेसम्म दिपायलमा सञ्चालन हुने ७ नं.प्रादेशिक महोत्सवको पूर्वसन्ध्यामा शनिबार बिहान शान्ति कलश यात्रा निकालिएको छ ।

डोटीको दिपायल पिपल्ला बजारमा हुने महोत्सवका लागि बासुधाराको जल लिएर सिलगढीमा अवस्थित सुदू पश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ शैलेश्वरी मन्दिरमा जल चढाईएको छ ।

यस अघिका महोत्सवमाझैं यस वर्ष पनि बिहान ८ बजेबाट शान्ति कलश यात्रा निकालिएको हो ।
‘कृषि, पर्यटन, उद्योग, व्यापारको पूर्वाधार, ७ नं. प्रदेश विकासको मूल आधार’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सवको डोटी उद्योग वाणिज्य संघको आयोजना गरेको हो ।

महोत्सवमा प्राकृतिक, धार्मिक, सामाजिक र साँस्कृतिक संरक्षण एवं प्रवद्र्धनको धरोहरको रुपमा रहको ७ नं. प्रादेशिक महोत्सवमा यस क्षेत्रका ९ वटै जिल्लाका उद्यमी, व्यसायी र साँस्कृतिक प्रतिनिधित्व रहने डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले बताए ।
अध्यक्ष खड्काका अनुसार महोत्सवमा भुवा, पुतला, हुड्केउली, गौरा, देउडा, धमारी, छलिया, सखिया, होली, सोराठी, आदि साँस्कृतिक झलकहरु, राष्ट्रिय तथा स्थानीय कलाकारहरु, यस क्षेत्रका खाद्य परिकारहरु डुब्का, फाँडो, बटुक, सेती नदिका माछा, छ्याईं, निसौसे, फाउने माणा लगाएतका परिकारहरु पनि आकर्षणका रुपमा रहेका छन् ।

यस क्षेत्रमा पाईने जोरायली बास्मती, अदुवा, बेसार, सुन्तला, तरकारी, भट्मास लगाएतको प्रदर्शनीका लागि स्टल राखिने पनि जनाईएको छ ।त्यस्तै र्याफ्टिङ्ग, बाल उद्यान मेला पनि महोत्सवको आकर्षणका रुपमा रहेका छन् ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले महोत्सवको उद्घाटन गर्ने भनिएता पनि यतिबेला राणा देश बाहिर रहेकाले बाम गठबन्धनको सहयोगमा कस्ले महोत्सवको उद्घाटन गर्ने भन्ने विषयमा आज टुङ्गो लाग्ने आयोजक सँस्थाले जनाएको छ । एक सय तीस वटा स्टल रहने महोत्सवको अवधीभर झण्डै २ करोड बढीको कारोबार हुने र महोत्सवमा मात्रै ७० लाख बराबर खर्च हुने अनुमान गरिएको छ ।
डोटीमा महोत्सव आयोजना हुन लागेको पाँचौं पटक हो भने प्रादेशिक महोत्सवका रुपमा दोश्रो पटक मनाउन लागिएको छ । महोत्सवको तयारी अन्तिम चरण पुगेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *